पछिल्लो समय बजारमा आएका विभिन्न अध्ययनअनुसार मानिसमा अध्ययनको बानी कम हुँदै गएको तथ्यांक आउन थालेका छन् ।

मानिसले कम पढिरहेकाले अध्ययन संस्कृति कम भएको तर्क पनि समयसमयमा आउँछन् । तपाईंलाई पनि आफ्नो अध्ययन बानी पहिलेको जस्तो बलियो छैन भन्ने लाग्छ भने यी टिप्सहरूले पुनः त्यो बानी फिर्ता हुन सहयोग गर्न सक्छन् :

किताबहरू बोक्नुहोस्

त्यसो त पढ्न ट्याब वा अन्य ई–रिडरमा पनि सकिन्छ । तर, सबैभन्दा राम्रो काम भनेको आफूसँग किताब बोक्नु हो । झोलामा किताब लिएर हिँड्नुभयो भने समय हुनेबित्तिकै पढ्न सकिन्छ । कहाँ पढ्ने भन्ने चिन्ता नलिनुहोस्, जहाँ पनि पढ्दा हुन्छ ।

निश्चित समय दिनुहोस्

यो पनि पढ्नुहोस् – गर्मीमा मौसम मा पाइने स्वादिलो रसिलो ‘लिची’, जानौँ यसका फाइदाबारे
पढ्नका लागि भनेरै दैनिक केही समय छुट्याउने गर्नुहोस् । यो १० मिनेटको समय पनि हुनसक्छ वा एक घन्टाको पनि । तर, नियमित रूपमा एउटै रुटिन फलो गर्नुहोस् । बिस्तारै दैनिक एक घन्टा पढ्न थाल्नुहोस्, त्यसपछि त आफैँ अध्ययन गर्ने बानी बनिहाल्

हल्का पढ्नुहोस्, लाइब्रेरी जानुहोस्

आफूलाई मन पर्ने विधाबाट किताब पढ्न थाल्नुहोस् । आख्यान पढ्दा पनि हुन्छ वा गैरआख्यान पढ्दा पनि हुन्छ । तर, पहिले आफूलाई के र कस्तो विषय पढ्न मन लागेको छ भन्ने निश्चित गर्नुहोस् । त्यसपछि लाइब्रेरी जान थाल्नुहोस् । लाइब्रेरी जाने बानी विकास भएमा वरपर किताब देख्दा पढ्न झन् धेरै मन लाग्न सक्छ

सामाजिक सञ्जाल बन्द गर्नुहोस्

केही वर्षयता मानिसमा जतिवेलै सामाजिक सञ्जाल– ट्विटर, फेसबुकमा ध्यान दिने बानी विकास भएको छ । तर, आफूलाई यस्ता सञ्जालबाट केही पर राखेर पढ्न थाले मात्र ध्यान दिएर पढ्न सकिन्छ । त्यसैले, ध्यान दिएर पढ्नका लागि सामाजिक सञ्जाल तथा टिभीबाट टाढा रहनुहोस् ।

Topics #किताब #फेसबुक #सामाजिक सञ्जाल