धेरै जसो महिलाहरु मोटाएर वा राम्रो आहार नपाएर उनीहरु बच्चा जन्माउँन असक्षम हुन्छन । डाइटिशियन लिजा एम शाहका अनुसार केही खानेकुरामा भएको ट्रान्स फ्याटका कारण महिलाले गर्भधारण गर्न समस्या हुने गर्दछ । यस्ता खानेकुरा आफ्नो डाइटमा समावेश गर्दा गर्भपतनको सम्भावना बढ्ने गर्दछ । त्यसकारण जो महिला गर्भवती हुन चाहन्छिन् उनले यी पाँच कुराबाट पूर्ण रुपमा टाढा हुनुपर्छ ।

यदि विवाहको एक वर्षपछि पनि गर्भाधान भइरहेको छैन भने डाक्टरको सल्लाह लिनुहोस् । तौल धेरै हुने महिला गर्भवती हुन मुश्किल छ त्यसकारण आफ्नो तौल नियन्त्रण गर्नुहोस् । कुनै प्रकारको संक्रमण हुँदा तुरुन्त डाक्टरलाई देखाउनुहोस् । थुप्रै पटक संक्रमणको नकारात्मक असर पाठेघरमा पर्ने गर्दछ । यसले बाँझोपनको सम्भावना बढ्ने गर्दछ ।

१. मेवाः

SONY DSC

यसमा पाइने पपाइनका कारण महिलाले गर्भधारण गर्न सक्दिनन् ।

२. चीनियाँ खानाः

यसमा मोनो सोडियम ग्लूटामेट हुन्छ । यसले गर्भपतनको सम्भावना बढ्छ ।

३. मासुः

यसले पाठेघरको भित्ता खुम्चाउने गर्दछ जसका कारण गर्भधारण गर्न समस्या हुन्छ ।

४. गुलियो खानेकुराः

मिठाई, केकजस्ता खानेकुरामा हुने ट्रान्स फ्याटले गर्भधारणका लागि समस्या हुने गर्दछ ।

५. सफ्ट ड्रिङ्क्सः

`

यसमा पाइने सल्फाइट, क्याफिन र आर्टिफिशियल फूड कलर्सले गर्भपतन हुनसक्छ ।यस्ता तीन कुरा जसले गर्भाधानको सम्भावना बढाउँछः

6. बदामः

यसमा फोलिक एसिड हुन्छ । यसले चाँडै गर्भाधान गराउन मद्दत गराउँछ ।

7. लसुनः

यसमा पाइने फोलिक एसिड, एलिसिनले शिशुको दिमागलाई राम्रोसँग विकास गराउन सहयोग गर्छ ।

8. अण्डाः

यसमा ओमेगा थ्री फ्याटी एसिड हुन्छ । दैनिक एउटा अण्डा खाँदा गर्भाधान गर्न मद्दत मिल्दछ ।

Topics #गर्भवती #महिला