महिलाहरुलाइ मात्र धेरै खालका रोग नलागेर केहि यस्ता रोग जुन पुरुषलाई पनि लाग्ने गर्दछ । जस्तै: स्तन क्यान्सर महिलालाई मात्र नभई पुरुषलाई पनि हुने गर्दछ । सर्जिकल ओंकोलोजिस्ट डा. दिग्पाल धारकरका अनुसार महिलाको तुलनामा पुरुषलाई स्तन क्यान्सर हुने सम्भावना कम भएपनि पुरुषको स्तन क्यान्सर धेरै खतरनाक हुन्छ । यदि समयमा यसको लक्षण पहिचान गरेर उपचार नगराए यो घातक पनि हुनसक्छ ।

पुरुषमा स्तन क्यान्सरको संकेतः

डा. धारकरका अनुसार पुरुषमा स्तन क्यान्सरको संकेत साधारणतया महिला जस्तै हुन्छ तर पुरुषको स्टनमा बोसोको मात्रा कम हुने भएकाले क्यान्सर चाँडै नै फैलने गर्दछ जसका कारण यो थप खतरनाक हुनसिक्छ । सुरुमा कुनै गाँठो वा पीडा पनि महसुस हुँदैन । त्यसकारण पुरुष अझै सावधान हुन आवश्यक छ ।

१. चिलाउने र डाबर आउनेः

निप्पल र त्यस वरिपरि लगातार थुप्रै दिनसम्म चिलाइरहने र डाबर आउने । उपचार गर्दा पनि ठिक नुहुनु ।

२. कडापनः

निप्पलको मुनिपट्टी वा वरिपरि कडा हुनु । छाला कडा हुनु, थिच्दा दुख्नु

३. छालामा केही फोकाजस्तो उठ्नुः

निप्पल वा वरिपरि केही घाउ वा फोकाजस्तो उठ्नु र उपचार गराउँदा पनि निको नहुनु

४. रक्तश्रावः

निप्पल वा त्यसको वरिपरिको छालाबाट रगत बग्नु । लगातार रक्तश्राव हुनु र पीडा भइरहनु

५. गाँठो महसुस हुनुः

निप्पल वा वरिपरिको छालामा गाँठोजस्तो महसुस हुनु । थुप्रै पटक यस्तो गाँठो फुटेर घाउसमेत बन्ने गर्दछ ।

६. काखीमुनी गाँठो महसुस हुनुः

काखीमुनी गाँठोजस्तो महसुस हुनु, लगातार दुखिरहनु ।

*कस्ता पुरुषमा स्तन क्यान्सरको सम्भावना बढी ?

उमेरदारः

धेरै उमेर भएका पुरुषमा स्तन क्यान्सरको खतरा पनि धेरै हुन्छ । ६० वर्षभन्दा माथिका पुरुषमा यसको सम्भावना धेरै हुन्छ ।

पारिवारिक इतिहासः

यदि परिवारमा कुनै पुरुष वा महिलालाई रगतको क्यान्सर छ भने यसको सम्भावना २० प्रतिशतले बढ्ने गर्दछ ।

आनुवंशिक विकारः

जुन पुरुषमा जन्मदेखि नै पुरुष हर्मोन र क्रोमोजोन्सको गडबडी (क्लाइनफेल्टर सिन्ड्रोम) छ, उनीहरुलाई यसको सम्भावना धेरै हुन्छ ।

रेडिएशन एक्सपोजरः

जुन पुरुषलाई कुनै बेला रेडिएसन एक्सपोजर भएको थियो वा रेडिएशन ट्रिटमेन्ट भएको थियो उनीहरुलाई स्तन क्यान्सर हुने सम्भावना छ ।

नशालु पदार्थको धेरै सेवन गर्नेलाईः

नशालु पदार्थको धेरै सेवन गर्ने पुरुषमा कलेजोको समस्या हुन्छ जसका कारण हर्मोनल डिस्टर्बेन्स हुन्छ । यस्तोमा स्तन क्यान्सरको खतरा बढ्छ ।

एस्ट्रोजन ट्रिटमेन्टः

प्रोस्टेट क्यान्सरको उपचार वा अन्य कारणबाट एस्ट्रोजनसम्बन्धि औषधी वा उपचार गराउने पुरुषलाई पनि स्तन क्यान्सरको खतरा हुने गर्दछ ।

कलेजोका रोगीः

कलेजोको रोगका कारण पुरुष एस्ट्रोजन (महिला हर्मोन) बढ्ने गर्दछ र एन्ड्रोजन (पुरुष हर्मोन) घट्ने गर्दछ । यसले स्तन क्यान्सरको खतरा निम्त्याउँछ ।

मोटोपनाः

अत्यधिक मोटो मानिसहरुमा फ्याट सेल्स पुरुष हर्मोनलाई महिला हर्मोनमा परिवर्तन गर्नथाल्छ । यसले स्तन क्यान्सरको खतरा बढ्ने गर्दछ ।

कार्यक्षेत्रः

स्टिल कारखाना, अत्यधिक गर्मी वा रेडिएशन भएको स्थानमा काम गर्दा पुरुष हर्मोन कम हुनसक्छ । यसले स्तन क्यान्सरको जोखिम निम्त्याउँछ ।

Topics #क्यान्सर #पुरुष #स्तन