(भिडियो) काखी सार्है गनाउछ ? यसो गर्नुहोस, यो उपाय अपनाउनुहोस कहिल्यै गनाउदैन !!

स्वास्थ्य एउटा त्यस्तो गहन बिषय हो जस्तो प्रत्यक्ष्य सम्बन्ध मानिसको हरेक कार्यसंग रहन्छ । मानब स्वास्थ्य त्यस्तो अमुल्य सम्पति हो जुन मानिसको प्रगति तथा सम्वृद्धिसंग सिधा तालुकात राख्छ । त्यसैले त “स्वास्थ्य नै धन हो” भनेर भन्ने गरिन्छ ।

बर्तमान परिप्रेक्ष्यमा मानिसको स्वास्थ्यलाइ निकै कुराले असर गरिरहेको हुन्छ । बिशेष गरेर मानिसको बदलिदो रहनसन त्यसमा पनि विलासी जीवन यापनले मानिसको स्वास्थ्यमा प्रतिकुल असर परिरहेको छ ।  अत्यधिक फास्ट फुड तथा शारीरिक कसरतको अभावमा मानिस मौसमी तथा दिर्घकालिन रोगको सिकार बन्न बाध्य छ ।

यस्तैमा मानिसहरुको औता प्रमुख समस्याको रुपमा रहेको कुरा हो काखीको दुर्गन्ध । बिशेष गरि यो समस्याले मानिसको व्यक्तित्वमा प्रभाव पार्ने गरेको छ ।

धेरै मानिसलाई दिनहु नुहाउदा पनि यो समस्याले सताउने गरेको पाइन्छ । बिशेस  गरि गर्मीयाममा धेरै पसिना निस्किने र त्यो पसिना बेस्सरी गन्हाउने गर्दछ ।  यसको लागि थुप्रै मानिसहरुले परफ्युम अथवा बडीस्प्रे प्रयोग गरेतापनि दुर्गन्ध नगएर हैरान भएको पाइन्छ ।

काखी गन्हाउने समस्या बाट पिडीत चिरीच्याट्ट परेका यूवा वा यूवति आफ्नो मोरलनै डाउन भएको गुनासो गर्छन् । भनिन्छ, काखी गन्हाउने मानिसको आगमनले सानो तिनो सभानै दुर्गन्धित पार्दिन्छ । कतिपयलाई काखीको गन्धले रिंगटा चल्ने, भाउन्न हुने, वाकवाकी लाग्ने तथा खान समेत खान मन नलाग्ने बनाउछ ।

काखी गन्हाउने समस्याबाट मुक्त हुन के गर्ने ?

१) दैनिक नुहाउने । नुहाएको बेला काखी राम्रोसंग धोईपखालि गर्ने ।

२) घर बाहिर निस्किन अगाडी र घर फर्केपछि राम्रो संग काखी धुने ।

३) नुहाउदा निमको साबुनको प्रयोग गर्नुहोस ।

४) कागतीको लेप बनाएर बेलाबेला काखिमुनी राख्नाले दुर्गन्ध निकै कम हुन्छ ।

५) तितेपातीको पातलाई निचोरेर काखी मुनि राख्दा काखी गनाउदैन ।

६) जामुनको पात वा बोक्रालाई पानीमा पकाई केहि हप्ता सम्म काखी मुनि लगाउनाले काखीको दुर्गन्ध बिस्तारै हराएर जान्छ ।

७) काखीमा उम्रेको रौं नियमित काट्नाले पनि काखी गन्हाउने सम्स्याबाट मुक्त पाउन सकिन्छ ।

भिडियो हेर्नुहोस :