चर्को गर्मी खुला ठाँउमा त झेल्नैपर्छ ।गर्मीको सिजनमा घरमा प्रवेश गर्दा पनि उकुस मुकुस हुनुपर्दा दिक्क लाग्छ । त्यसैले गर्मी महिनामा घरलाई सितल बनाइ राख्नुपर्छ  ।

तर, कसरी ?

– झ्याल, ढोका खुला राख्नुपर्छ, यद्यपी साँझको समयमा भने बन्द गर्नु पर्छ । किनभने यो समयमा मच्छड छिर्न सक्छ ।

– झ्यालको पर्दा पातलो, पारदर्शी हुनुपर्छ । उज्यालो रंगको पर्दा उपयोगी हुन्छ । बेड कभर पनि सकेसम्म उज्यालो रंगको भए राम्रो ।

– इनडोर प्लान्टले कोठको शोभा मात्र बढाउँदैन, सितलता समेत प्रदान गर्छ । झट्ट हेर्दा पनि सितल अनुभव हुन्छ ।

– कोठामा अनावश्यक सामग्री धेरै राख्नु हुँदैन । सकेसम्म खुला हुनुपर्छ । एकै ठाँउमा धेरै सामग्री राख्दा पनि त्यसले गर्मी पैदा गर्छ ।

Topics #गर्मी #घर