कानको दुखाइ कुन बेला सुरु हुन्छ भन्न सकिन्न । विभिन्न रोग तथा संक्रमणले गर्दा कान एक्कासी दुख्न सुरु हुन्छ । यसको दुखाइ कुनै बेला यति सघन हुन्छ कि बिरामीलाई सहन साँच्चै नै गाह्रो हुन्छ । चिकित्सकसम्म पुग्दा सम्ममा कान दुखाइले निकै ठुलो पिडा दिने गर्छ ।

कानको दुखाई आम समस्या हो । खासगरी हवाई तथा सडक यात्राको क्रममा धेरैको कान दुख्छ । स-सना बच्चा पनि कानको दुखाईबाट पीडित हुन्छन् । कानको दुखाइमा घरैमा पनि उपचार गर्न सकिन्छ । यसले कम्तिमा राहत भए पनि दिन्छ ।

कान किन दुख्छ ?

– कानमा मैला जम्मा भयो भने

– कानभित्र पानी पर्‍यो भने

– कानमा किरा पस्यो भने

– कानमा इन्फेक्सन वा कुनै एलर्जी भयो भने

कानको रोगको लक्षण

– कान कम सुन्नु

– कान चिलाउनु

– कान दुख्नु

– कानमा भारीपन महसुश हुनु

कानको संक्रमणबाट बच्न के छ घरेलु उपचार ?

– तुलसीको पात पिसेर त्यसको केहि थोपा कानमा हाल्नुपर्छ । तुलसीको रस दिनमा दुईदेखि तीन पटकसम्म गर्नुपर्छ, कानको इन्फेक्सन कम हुन्छ ।

– मेतीको दाना तेलमा हाल्ने र तताउने । जब यो सेलाउँछ, त्यसपछि छानेर प्रयोग गर्दा कानको दुखाई कम हुन्छ ।

– लसुनमा एन्टिवायोटिक एवं एन्टीसेप्टिक गुण हुन्छ, जसले इन्फेक्सन र दुखाई कम गर्छ । सस्र्युको तेलमा लसुन मिसाएर तताउने । त्यसलाई चिसो भएपछि छानेर केहि थोपा कानमा हाल्नुपर्छ । लसुनको रस कानमा हाल्दा पनि राम्रो हुन्छ ।

– नीमको पातको रस केहि थोपा कानमा हाल्नुहोस्, कुनैपनि इन्फेक्सनमा उपयोगी हुन्छ ।

– जैतुनको तेल कानको दुखाईमा रामबाणको काम गर्छ ।

– कानको दुखाई कम गर्न प्याजको प्रयोग पनि उत्तम हुन्छ ।

(घरेलु उपचार गर्दा गर्दै पनि दुखाइमा राहत नभए सके सम्म चाँडो चिकित्सकलाई देखाउँनु उत्तम हुन्छ ।)

Topics #कानको उपचार