मोजा नलाई जुत्ता लगाउँदा खुट्टा गन्हाउने मात्र नभएर अन्य कैयौं रोग लाग्ने जोखिम धेरै बढ्छ । मोजा नलाई जुत्ता लगाउनु हुन्छ भने बेलैमा सचेत भइहाल्नुहोस् । अहिले विश्वभर नै मोजा नलाई जुत्ता लगाउने फेसन चलेको छ । कलेज अफ पोडियाट्रीका अनुसार यो नयाँ फेसनले पुरुषमा फंगल इन्फेक्सनको जोखिम बढेको छ । फेसन पत्रिकाहरू र क्याटवाकमा अधिकांश मोडल तथा प्रशिक्षकहरू मोजाबिनै मोडलिङ गरिरहेका देखिन्छन् ।

के तपाईंलाई थाहा छ, स्वास्थ्यमा यसको प्रभाव कस्तो पर्छ ? 

‘सामान्यतया एक दिनमा हाम्रा खुट्टाबाट ३ सय मिलिलिटर पसिना निस्कन्छ’, एम्मा स्टिफेन्सन भन्छिन्, ‘धेरै आद्र्रता र गर्मीका कारण कसै कसैका खुट्टामा फंगल इन्फेक्सन हुन सक्छ ।’

उनका अनुसार खुट्टामा धेरै पसिना आउनुको परिणाम खराब हुनसक्छ ।

युएफसी बक्सिङ च्याम्पियन कनर म्याकग्रेगरजस्ता बक्सरलाई बक्सिङ नगरेका बेला उनको खुट्टामा फंगल इन्फेक्सन हुने जोखिम छ भनेर बताउन कठिन छ । यति थाहा पाउँदा पाउँदै पनि तपाईं नांगै खुट्टा जुत्तामात्र लगाएर आफूलाई कुनै कार्यक्रममा स्टाइलिस देखाउन चाहनुहुन्छ भने तलका तीन कुरामा ध्यान दिनुहोला ।

१. सकेसम्म थोरै समयका लागि मात्र मोजाबिना जुत्ता लगाउने ।

२. जुत्ता लगाउनुअघि पैतालामा एन्टिपस्र्पिरेन्ट स्प्रे गर्ने ।

३. यति गर्दा पनि कुनै बेला खुट्टा दुखेमा परीक्षणका लागि तुरुन्त चिकित्सककोमा जाने ।

Topics #मोजा #स्वास्थ्य