अङ्गुरलाई सुकाएर सुख्खा फलमा समावेश किसमिस तयार गरिन्छ । यसमा अङ्गुरको सबै गुुण पाइनुको किसमिसको प्रयोग हाम्रो स्वास्थ्यको लागि धेरै फाईदाजनक छ । किसमिसमा आइरन, पोटासियम ,क्याल्सियम , म्याग्नेसियम र फाईबर जस्ता तत्व भरपूर मात्रामा पाईन्छ । साथै यसमा दुधमा भएको सबैप्रकारको तत्व पाईन्छ । तपाइँलाई किसमिसको पानीले राम्रो स्वास्थ्यमा पुर्याउने फाईदाबारे जानकारी दिन्छौं ।

तयार गर्ने विधि :
सबैभन्दा पहिला एउटा भाँडोमा पानी हाली किसमिसलाई मिसाएर २० मिनेटसम्म उमाल्नुहोस् । त्यसपछि यसलाई रातभरि त्यसै छोडेर राख्नुहोस् । त्यसपछि बिहान यस पानीलाई पिउनुहोस् । यसबाट तपाइँलाई अनेक किसीमको स्वास्थ्यसम्बन्धि लाभ मिल्दछ । जुन निम्नानुसार छ । :

फाईदाहरु :
१. यदि तपाइँलाई ज्वरो आएको छ भने , यसको प्रयोग गर्नुहोस् । यसमा भएको एन्टि बायोटिक र एन्टि अक्सिडेन्ट तत्वले      ज्वरोलाई हटाउँदछ ।

२. किसमिसको पानीलाई दिनहुँ पिउनाले कोलेस्ट्रोल ( बोसो ) को मात्रा नियन्त्रण हुन्छ । जुन धेरैजसो मानिसलाई         अनियमित रुपमा खाना खाने कारणले गर्दा हुने गर्दछ । त्यसैले यस्को प्रयोग गर्नुहोस् ।

३. नियमित रुपमा किसमिसको पानी पिउनाले मृगौला स्वस्थ रहन्छ । र यसले पाचनशक्तिको सुधारमा पनि मद्धत        पुर्याउँदछ ।

४. किसमिसले उमेर बढाउनुको साथै छालाको चाउरीपनलाई पनि हटाउँदछ । यसको लागि किसमिसको पानी हरेक     बिहान पिउनुहोस् । यसले तपाइँ सधै जवान देख्नुहुनेछ ।

५. कब्जियत , एसिडिटि र थकाई सम्बन्धि समस्याको लागि किसमिसको पानी धेरै नै फाईदाजनक छ ।

Topics #किसमिस #फाईदा