गर्भावस्थामा महिलाको शरीरमा पानीको मात्रा ७ लिटरसम्म बढ्छ । पर्याप्त मात्रामा पोषिला खानेकुरा खाएका स्वस्थ गर्भवतीको तौल ११ देखि १३ किलोसम्म बढ्न सक्छ ।

रविहारमा विशेष ध्यान दिनु आवश्यक हुन्छ । खासगरी गर्भावस्थामा पोषणमा कमी भए जन्मिने शिशुमा पनि असर पर्ने भएकालेमहिलाले जीवनमा थुप्रै शारीरिक तथा मानसिक चुनौती पार गरेकी हुन्छिन् । यिनै चुनौतीमध्ये गर्भावस्था पनि एक हो । महिलाले आफ्नो कोखमा शिशुलाई हुर्काउने यो अवस्था निकै संवेदनशील मानिन्छ । यसैले यो अवधिमा गर्भवतीको रेखदेख र आहा खानपानमा उचित ध्यान दिनुपर्छ । गर्भावस्थाको अवधि ३७ हप्ताको हुन्छ । यसलाई तीन वटा त्रैमासमा विभाजन गरिएको छ ।

 पहिलो त्रैमास : गर्भ बसेको पहिलो हप्तादेखि १२औं हप्तासम्म
दोस्रो त्रैमास : १३औं हप्तादेखि २८औं हप्तासम्म
तेस्रो त्रैमास : २९औं हप्तादेखि ३७औं हप्तासम्म

गर्भावस्थामा शरीरमा हुने परिवर्तन :

विभिन्न अध्ययनले देखाए अनुसार गर्भावस्थामा पाचन प्रणालीमा विभिन्न समस्या देखा पर्छ । पाचन प्रक्रियामा चाहिने विभिन्न इन्जाइमको उत्पादनमा गडबडी आउने भएकाले असहजता महसुस हुनु सामान्य मानिन्छ ।

यो समयमा शरीरलाई अत्यावश्यक पर्ने विभिन्न पोषक तत्व जस्तैः क्याल्सियम, आइरन, भिटामिन ‘बी’ १२ र साथै अन्य तत्वहरु सोस्ने प्रक्रिया बढ्छ । यसका साथै शरीरबाट विभिन्न हानिकारक तत्व जस्तैः क्रियाटिनाइन, युरिया, युरिक एसिड आदि हट्ने क्रम बढ्छ ।

रगतको सम्मिश्रणमा पनि विभिन्न परिवर्तन देखा पर्छन्, जसअन्तर्गत प्लाज्माको आयतन ५० प्रतिशतले र रातो रक्तकोष २० प्रतिशतले बढ्छ । तर, रगतमा हेमोग्लोबिन, भिटामिन ए र एस्कर्भिक अम्लको मात्रामा भने कमी आउँछ । यसका साथै रगतमा फेराटिन, टोकोफेरोल र कोलेस्टेरोलको मात्रा बढ्छ ।

गर्भावस्थामा महिलाको शरीरमा पानीको मात्रा ७ लिटरसम्म बढ्छ । पर्याप्त मात्रामा पोषिला खानेकुरा खाएका स्वस्थ गर्भवतीको तौल ११ देखि १३ किलोसम्म बढ्न सक्छ ।

 गर्भावस्थामा पोषणमा ध्यान दिनुपर्ने कुरा

गर्भावस्थामा महिलाले आफ्नो मात्र नभई कोखमा हुर्किरहेको नयाँ जीवनको पनि विशेष ख्याल राख्नुपर्छ । खासगरी यो अवधिमा सन्तुलित भोजन र थप पौष्टिक खानेकुरामा जोड दिनुपर्छ । किनकि आमाले खाएको खानाले नै गर्भमा रहेको बच्चाको शारीरिक तथा मानसिक विकासको निर्धारण गर्छ ।

गर्भावस्थामा शरीरमा दैनिक चाहिने पोषक तत्वको माग बढ्ने भएकाले गर्भवतीलाई थप पोषणको आवश्यकता पर्छ । गर्भवतीको शरीरमा आउने वृद्धि, भ्रुणको तीव्र विकास र शरीरमा विभिन्न मातृ तन्तुहरुको विकासका साथै स्तनको आकारमा हुने वृद्धिका कारण अतिरिक्त पोषण जरुरी हुन्छ । त्यसैले यो अवधिमा दैनिक थप ३५० किलो क्यालोरी र ८२.२ ग्रामका दरले प्रोटिन चाहिन्छ । त्यसका लागि दैनिक भोजनमा पर्याप्त मात्रामा पोषिला र प्रोटिनयुक्त खानेकुरा जस्तैः माछा, मासु, अण्डा, दूध, दही, गेडागुडी, दाल आदि समावेश गर्नुपर्छ ।

पाठेघरमा भ्रुणको तीव्र विकास हुने क्रममा तल्लो आन्द्रामा दबाब सिर्जना गर्ने भएकाले कब्जियतको समस्या देखापर्छ । त्यसैले गर्भवतीले फाइबरयुक्त खानेकुरामा जोड दिनुपर्छ । हरिया सागसब्जी, गहुँको पिठो, केरा, अनार, अम्बा, अङ्गुर, अमला जस्ता फलफूलमा प्रशस्त मात्रामा फाइबर पाइन्छ । पोषणमा ध्यान दिनुका साथै गर्भवतीले ३७औं हप्तासम्म नै स्वास्थ्यकर्मीसँग नियमित रुपमा परामर्श लिइरहनुपर्छ ।

 

Topics #गर्भावस्था #पोषण