छालाका लागि मेवा छालाका लागि निकै लाभदायी मानिन्छ, यो फेसप्याकको रुपमा प्रयोग गर्न सकिन्छ । यसले छालाको जलन र संक्रमणबाट मुक्ति दिन्छ। फर्मेन्टेशन गरिएको मेवाको बोक्राले मरेका छालालाई पुनर्जीवन प्रदान गर्दै ताजा र चम्किलो राख्छ। छाला चोटमा पनि यो लाभकारी हुन्छ। मेवाबाट निम्न रोगहरुको उपचार गर्न सकिन्छ।

मेवा अन्य फलफूलको तुलनामा निकै स्वस्थ फल मानिन्छ। यो फल पेट तथा मुटु दुबैको लागि निकै लाभदायी हुन्छ। मेवा देख्न र खानमा जति मीठो हुन्छ यो त्यत्तिकै गुणकारी पनि हुन्छ।

डंडीफोर र चाँया भएमा : काँचो मेवाको टुक्रा नियमित बेलुका अनुहारमा केही समय दलेर मुख धुने गरेमा डंडीफोर र चाँया निको हुँदै जान्छ ।

दाद आएमा : काँचो मेवाको टुक्रा काटेर दादमा नियमित लगाउने गरे दाद आएको ठिक हुन्छ । तर बासी मेवा भने प्रयोग गर्नु हुँदैन ।

काँचो मेवाको दूधमा गिलसिरिन मिसाएर जिब्रोमा विहान/वेलुका दल्ने गरे केही दिनमा ठिक हुन्छ ।

घाँटीभित्रबाट सुनिएमा : काँचो मेवाको टुक्रा पकाएर पानीले गारगल गरेमा २/३ दिनमा ठिक हुन्छ ।

चाउरी परेमा : मेवामा भएको एन्टिअक्सिडेन्टले उमेर अगावै छाला चाउरी पर्ने समस्याबाट मुक्ति मिल्छ। यसले मानिसलाई युवा बनाइराख्छ ।

कलेजोको क्यान्सरमा : यसले क्यान्सरको कोषको वृद्धिमा ढिला गराउछ र कलेजोलाई बचाउछ।

गर्भनिरोधक : भाले लंगुरमा गरिएको एक अध्ययनले मेवामा गर्भनिरोधक क्षमता पनि भएको पाइएको छ। त्यसैले पुरुषले मेवा प्रयोग गरेको अवस्थामा सहवास भएकामा तत्काल गर्भ रहने सम्भावना कम हुन्छ।

 

Topics #गुणकारी #मेवा