वानी व्यवहारमा परिवर्तन जस्तै वढी रिसाउने, रक्सी चुरोट पिउन सुरु गर्ने वा पहिले भन्दा धेरै पिउने, आफ्नो काममा ध्यान राम्रो नदिने र आफ्नो स्वास्थ्यमा ध्यान नदिने आदी । मानिसहरु आफू तनावमा रहेको कुरा सजिलैगरी भन्न सक्छन्– मलाई टेन्सन छ। तर त्यो तनाबको सही व्यवस्थापन गर्न नसक्दा संसारमा गम्भीर खालका रोगीको संख्या थपिदै गएको छ। चिकित्सकहरु पेटमा हुने अल्सरदेखि, धेरै गम्भीर रोगको कारण बन्ने उच्चरक्तचाप, चिनीरोगदेखि मतिष्कघात र पक्षघातको प्रमुख कारण तनाव बन्दै गएको बताउँछन्।

मानसिक रोग विशेषज्ञ डा.कपिलदेव उपाध्ययका अनुसार व्यास्त दैनिकी, अस्वास्थ प्रतिस्पर्धा, राजनीतिक र सामाजिक अस्थिरता र अनेक प्रकारका झमेलाका कारणमा मानिसले चैनका जिन्दगी विताउँन नपाउनु तनाबको प्रमुख कारण हो। ‘विभिन्न प्रविधिका कारण थपिदोँ सुविधाभोग गर्दा मानिसमा तनाब थपिँदो छ।’ उपाध्ययले भने। उनले जीवनशैली र दैनिकी बिग्रीदाँ मानिसमा अनिद्रा, चिन्तारोग, दिक्दारीपन, एक्लोपनाजस्ता समस्या पनि थपिदँे गएको छ। जुन प्रत्याक्ष रुपमा उच्च रक्तचाप, अल्सर, चर्म रोग र कम उमेरमै मुटु रोगको कारण हो। ती बाहेक खानेकुरामा प्रयोग गरिने रसायनिक पदार्थहरु, जवरजस्ती पकाइएका फलफूल, फास्टफुड, स्वाच्छ पिउँने पानीको अभाव र दुषित हावाले पनि तनावबृद्धिमा सहयोग पुर्‍याइरहेकेा चिकित्सकहरु बताउँछन्।

खानपान, निद्रा र अन्य आराम गर्ने कुरामा कुनै नियमितता नहुनु, क्षमता भन्दा बढी समय काम गर्नु र गर्न खोज्नु प्रमुख कारण हुन। चिकित्सकहरुले पैसा वा कुनै पदको प्रलोभनमा बढी पर्ने र सामाजिक र परिवारलाई समय नदिनेहरु तनाबको शिकार हुने बताउँछन। चिकित्सकहरुले तनाब व्यवस्थापनका लािग ठूला उपचारको खोजीभन्दा आफ्नै वारिपरी खोजीने खुसी काफी हुने सुझाब दिन्छन्। विशेषज्ञहरुका अनुसार परिवारलाई समयदिने, केटा केटीसँग खेल्न, कुकुर लगायत जनावर पाल्ने वा आध्यात्म लगायत पुजा पाठ गरेर पनि तनाब कम गर्न सकिन्छ। सन्तोष नै ठूलो तनाब व्यवस्थापनको विधि हो । चिकित्सकहरूका अनुसार मानसिक तनाव हुदाँ शरीरबाट एडरेनल नामक ग्रान्थीबाट कर्टिसोन नामको हर्मन निस्किन्छ। पाचन थैलीबाट ग्याष्टिक एसिडसहित विभिन्न खालका हर्मोन र रासायनिक पदार्थ निस्किन्छन्। रगतमा चिनिको मात्रा पनि बढ्छ। ‘शरीरमा यी परिवर्तन हुँदा डरको अनुभव, शरीरमा असजिलोपना र छटपटीसमे हुन्छ।’

डा.उपाध्ययका अनुसार लामो समयसम्म मानसिक तनाव भइरहँदा शरीरमा रोग प्रतिरोधी क्षमतामा ह्ास आउँछ। ‘यसले संक्रमण र रोग बढाउँछ।’ उनले भने। निजी, पारिवारिक र व्यवसायजन्य समस्य देखिएपछि मानिस तनावको अवस्थामा पुग्छ। वितेका दुःखदायी घटनाले बारम्बार दुःख दिँदा पनि मानिस तनाबमा हुन्छ। मनोरोग विशेषज्ञहरुक अनुसार मानसिक द्वन्द्व, आन्तरिक कलह र समस्यहरुले पनि मानिसलाई तनाबको अवस्थामा पुर्‍याउँछ। तनाब बढी लिने मानिसलाई पेटको समस्य, अनिन्द्रा, छालाका समस्याहरु, ह्दयरोग, शरीरका विभिन्न भागमा दुख्ने समस्यालगायत मदिरा एवं लागू औषतको कुलतमा परेर अन्य गम्भीर खालका स्वास्थ्य समस्या देखिने डा.उपाध्याय बोलाउँछन् ।

‘ग्याष्टिक बढेको अवस्थामा तनाब घटाउँन नसक्दा पेटको अल्सर हुन्छ।’ उनले भने। अनिन्द्राको समस्या बढेपछि दैनिक क्रियाकलापमै असर पर्ने र बढी थकाई लाग्ने हुन्छ। चिकित्सकहरुका अनुसार तनाबका कारण मुखभित्र घाउ निस्किने, अनुहार घाउ खटिरा निस्किने, शरीर चिलाउँनेजस्ता समस्या समेत देखिन्छ । ती बाहेक तनाबकै कारण ह्दयरोग, धड्कन बढ्ने, छाति दुख्ने, रक्तचाप, शरीरका विभिन्न भागमा दुख्ने समस्यादेखि कसैलाई कम्मर दुख्ने र कसैकसैमा हड्डी खिइने समस्या पनि देखिन्छ। ‘लागु पदार्थ, धुम्रपान मध्यापनको कुलतमा जाने र तनाबकै कारण डिप्रेसन र एन्जाइटी न्यूरोसिसजस्ता मानसिक रोगहरु देखिन्छन्। कामैकाम भन्ने र परिवारलाई समय नदिने मान्छे विस्तारै तनावको बाटोमा डोहोरिने डा.रावत बताउँछन्। डा.उपाध्ययका अनुसार मानसिक तनाव बढ्दै जाँदा काममा ध्यान दिन नसकिने, मानसिक उत्पादन शिलतामा कमी हुने, रिस उठ्ने, मुड खराव हुने र झगडा समेत हुनसक्छ।

तनाव कम गर्नका लागि मैत्रीपूर्ण कार्यस्थल र समन्वय मिलेको समूह, अर्कालाई विश्वास गर्ने वानी र वातावरण चाहिन्छ। ‘सबैभन्दा सजिलो तरीका उपयूक्त कामका लागि सही समयमा छुट्याउँने, समयमै काम सक्ने र अनवश्यक कुरामा छुट्याइएको समयको उपयोग गर्दा मानिस भित्रैदेखि खुसी हुनसक्छ।’ उपाध्यय भन्छन् । तनाब कम गर्न चिकित्सकहरु सकेसम्म हास्ने अवसर नछोड्न सुझाउँने गर्छ। कतिपय चिकित्सकहरुले मनबाट प्राकृतिक हाँसो नसिस्किने अवस्थामा पनि कृतिमै भएपछि हाहा गरेर हास्न खोज्दा विस्तारै शरीरमा त्यसले सकारात्मक प्रभाव छोड्ने बताउँछन। क्षणिक आनन्दका लागि, धुम्रपान, मदिरा र लागू पदार्थको लतमा पर्दा तनाबको क्षणीक समाधान पाएपछि दीर्घकालीन रुपमा तनाबको व्यवस्थापन गर्ने क्षमतालाई कम्जोर पार्दै लाने चिकित्सकहरु बताउँछन् । उपाध्ययका अनुसार रमाउन सक्ने, हास्न सक्ने र जीवनलाई सकारात्मक रुपले लिने मानिसहरुलाई डर, रिस, चिन्ता जस्ता समस्याहरुले प्रायः सताउदैनन।

हाँसोले भरिएको दैनिकी मानसिक रूपमा आनन्ददायी हुने मात्रै होइन् शारीरिक रुपमा स्वास्थकरसमेत हुने विभिन्न अनुसन्धानहरुले पुष्टि गरेका छन्। चिकित्सकहरू उच्चरक्तचाप, मुटु, मधुमेहजस्ता दीर्घ रोगका विरामीलाई दैनिक कम्तिमा दश पटक धक फकाएर हाँस्ने वातावरणको लागि सल्लाह दिन्छन्। मानसिक तनावबाट नै सम्पूर्ण जीवनशैली अस्वास्थकर बन्न सुरुवात हुने भन्दै स्वास्थकर जीवनशैलीका लागि मानसिक तनावबाट मुक्त रहन सक्नुपर्ने चिकित्सकहरु बताउँछन्। ‘जिवनमा तनाब कम गर्ने र हाँस्न सक्ने हो, भने प्रत्यक्ष र अप्रत्यक्ष रुपमा स्वास्थ रहन मद्दत गर्छ।’ डा.उपाध्याय थप्छन्।  जर्नल अफ होलेस्टिक नर्सिङमा प्रकाशित अध्ययन अनुसार शल्याक्रियापछि दिइने पेनकिलर भन्दा हाँसो छुट्न्े बाक्य पाएकाले दुखाई कम महसुस गर्छन्। दिनमा दश पटक हाँस्ने मान्छे स्वास्थ र जवान पनि देखिने समेत जर्नलमा उल्लेख छ।

‘लोमा लिन्डा विश्वविद्यालयका, क्यालिफोर्नियाका डा.ली बर्क र उनका अनुसन्धान सहयोगी डा.स्टानली टान गरेको अनुसन्धानले पनि हाँसोबाट शरीरको प्रतिरक्षात्मक प्रणालीमा धेरै सकारात्मक फाइदा पुग्ने पुष्टि भइसकेको बताए। ‘हाँसोले रक्तचाप र तनाब बढाउँने हर्मोनलाई घटाउँछ, रोगको संक्रमणसँग लड्ने टी नामक रक्त कोषिका को बृद्धि गराउँनका साथै रोगसँग लड्ने गामा इन्टरफेरन तथा बिटा कोषिका जस्ता प्रटिन बढाउँछ।’ सो अध्ययनले, ‘हाँसोले शरीर भित्रैबाट निस्कने प्राकृतिक दुखाई कम गर्ने रस निकाल्न बल दिन्छ।’ हाँसोका कारण उत्पन्न हुने हर्मोनकै कारण विरामीलाई स्वास्थ भएको महसुस गर्ने रावतको भनाई छ। विभिन्न अध्ययन अनुसार उन्मुक्त हाँसो हाँसोले स्वास्थ्य र सकारात्मक आवेग ल्याउँछ। हँसाउने र हाँस्ने क्रियाकलापमा संलग्न भएका व्यक्तिमा तिनीहरुको रोग प्रतिरोधात्मक प्रणाली बढी गतिशिल हुन्छ।

हाँसोले गर्दा रक्त कोषिकालाई साँघुरो बनाउँने र संक्रमण रोक्ने गतिविधिलाई गर्ने तनाव प्रदायक हर्मोन घट्छ। विज्ञहरूका अनुसार हाँसो एक प्रकारको शारीरिक कसरत हो। यसले शरीरमा अक्सिजनाको मात्रा बढाउँन छाति र मांशपेशी बीचको भागको व्यायाममा सघाउँछ। चर्को आवाज निकालेर हाँस्दा फोक्सो, दिमाग, रक्तचाप र प्रतिरोधात्मक क्षमता बढाउँन पनि सहयोग पुग्छ।

तनाब कम गर्ने तरीका

१. नियामित कामको फलोगर्न सकिने तालिका बनाउँने र अनुसरण गर्ने

२. सकेसम्म सकारात्मक सोच राख्ने र सकारात्मक कोणबाट हेर्ने

३. नराम्रा घटना, र क्षणहरुलाई मनमा संम्भि्क नराख्ने

४. कुनै पनि अवस्थालाई स्विकार गर्ने र संभव हुने समाधान खोज्ने

५. अर्काको काम बिगार्न सोच राखेर नहिड्ने

६. प्रतिसोधको भावना छोड्ने

७. विस्तारै लामो स्वास लिने र त्यसरी नै विस्तारै लिएको स्वासलाई छोड्न

८. शारिरीक व्यायाम गर्ने

९. मुठ्ठी कस्ने र विस्तारै छोड्ने क्रम चलाउँने

१०. मानसिक तनावका लक्षण

११. टाउको गरुङ्गो हुने वा दुख्ने, परिक्षण गराउँदा कुनै कारण भने नभेटिने।

१२. शरीरका विभिन्न मांसपेशीहरु दुख्ने र वढी थकाई लाग्ने।

१३. आफ्नो काममा राम्रो गरी ध्यान दिन कठिनाई हुने।

१४. मुटुको धड्कन वढ्ने।

 

Topics #तनाव #व्यवहार