दाँत सुरक्षित राख्न सबैभन्दा राम्ररी ब्रस गर्ने विधि जान्नुपर्छ । बच्चाका लागि फोन्ज टेक्निक, दाँत मिलेकाको लागि मोडीफाइड बास टेक्निकलगायत फरकफरक अवस्थाका दाँतका लागि फरक विधि हुन्छन्। दाँतमा रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु सबैभन्दा उत्तम उपाय हो । रोग लाग्न नदिन निम्न उपाय गर्न सकिन्छ । दाँतमा कीरा लाग्ने, दन्तहर्र्ष, दन्तलेउ, स्वास गन्हाउने, गिजाले ठाउँ छाड्ने, रगत आउनेजस्ता जटिल खालका समस्या देखिछ । दाँतकै समस्याका कारण मुखमा समेत समस्या आउन सक्छ । तालुमा प्वाल परेको ,ओँठ खुँडो भएका, गिजामा सेतो–रातो दाग हुने। दाँत बांगोटिंगो आउने, छिद्रा पर्ने, ढुंगा (क्यालकुलस) जम्ने आदि समस्या पनि देखिन्छ ।

दाँतसँगै मुखको तालुमा प्वाल पर्ने ,ओँठ खुँडो हुने जस्ता समस्या पनि दन्तसमस्यासँग जोडिएको मानिन्छ । मुखमा घाउ भएको अवस्थामा वा कीराले आक्रान्त पारेको दाँत भएका मुखमा चुरोट, मदिरा, सुपारीजस्ता पदार्थ बढी खाने गर्दा क्यान्सर नै हुन सक्छ ।

दाँत कसरी बिग्रन्छ ?

बाल्यावस्थादेखि नै दाँतको उचित हेरचाह नहुँदा बिग्रन सक्छ । जब बालक सानो हुन्छ, उसलाई आमाले दूध चुसाउँदै सुताउने गरिन्छ । दूधमा हुने अत्यधिक अम्लीय तŒवले बच्चाको दाँतमा कीरा लाग्ने बढी सम्भावना हुन्छ । बच्चाले बढी मन पराउने चकलेट, बिस्कुट, चाउचाउजस्ता खानेकुराका टुक्रा दाँतमा रहिरहँदा कीरा लाग्न सक्छ । क्राउन, इनामेल, डेन्टिन, नसा तथा रक्तनलीहरू भएको भाग, जरा, गिजाको तन्तु मिलेर सिंगो दाँतको संरचना बनेको हुन्छ ।

हड्डी कीराले खान थालेपछि दाँतहरू बिगँ्रदै जान थाल्छ । दाँत सुरक्षित गर्ने भित्रको नसामाथि इनामेलले घेरेको हुन्छ । बाहिरी भाग कडा भएकाले त्यो इनामेलमा कीराले आक्रमण गरुन्जेल केही देखिन्न । त्यसपछिको डेन्टिनमा पुगेपछि हल्का ‘सिरिङसिरिङ’ महसुस हुन थाल्छ । अझै भित्र पुगेपछि दाँतको दुखाइ सुरु हुन्छ । त्यसैले ६ महिना वा एकवर्षको बच्चाले मात्र हैन वयस्कले पनि राति सुत्नेबेला पिउने दूध दाँतका लागि खतरा बन्न सक्छ । दूधमात्र हैन हरेक पल्ट खाना खाएपछि कुल्ला नगरे दाँत खराब हुँदै जान्छ । पेटको समस्या, मुखको समस्या, पानीको कमी र पोषणअभावका कारण दाँत र मुखमा समस्या देखिन्छ ।

सुरक्षित राख्ने उपाय

खाना खाएपछि, राति सुत्नुअघि अनिवार्य नियमित दाँत माझ्नुपर्छ । हामीले खाएका खानाका टुक्राटाक्री दाँतमा रहेमा रातभरिमा त्यसले उत्पादन गर्ने अम्लीय तŒवले दाँतमा लाग्ने कीराका लागि सुन्दर वातावरण बनाइदिन्छ । त्यसपछि दाँतमा  संक्रमण बढ्छ । सूर्ति राख्ने, ल्वाङको तेल राख्ने बढी गर्नु हुन्न। एसिड राख्ने गर्दा गिजा तथा छालामा असर गर्छ ।

दिनभरको समयमा मानिस आफै केही खाइरहने, गफ गरिरहने, मुख चलाइरहने हुँदा संक्रमणको अवस्था कम हुन्छ । तर, राति मानिस निष्क्रिय हुने हुँदा ब्याक्टेरिया सक्रिय हुने गर्छ । सुत्नुअघि ब्रस गरेपछि पानी पिएर निदाउनु दाँतका लागि स्वस्थकर मानिन्छ । बिहानको ब्रस उठ्नेबित्तिकै नगर्दा फरक पर्दैन । ब्रसले दाँत माझ्दा सरसर्ती माझेर कुल्ला गर्ने नभई मुखभित्र तल–माथि गर्दै करिब ४५ डिग्रीको कोणमा घुमाउदै माझ्नुपर्छ । धेरै कडा ब्रस प्रयोग गर्नु हुन्न ।

धेरै कार्बोहाइड्रेड भएका खानेकुराले ब्याक्टेरियालाई एसिड उत्पादन गर्न सघाउ पु¥याउँछ । बच्चालाई सानैदेखि दन्तचिकित्सककोमा लगेर दाँतको उपचार र रेखदेख गर्न सिकाउनुपर्छ । स्वस्थकर खानासँगै दाँतमा साना खाल्डाहरू भर्ने गर्नुपर्छ । मानिसले फोहर भयो भनेर बेस्सरी घोटेर दाँत माझेको देखिन्छ । त्यसो गर्दा खाल्डो भएर झन् बिग्रन्छ । हरियो सागसब्जी, दूध, भिटामिन, फाइबरयुक्त खाना दाँतका लागि हितकर हुन्छ । बजारिया खानाभन्दा बच्चालाई पनि फाइबरयुक्त पिठोका रोटी तथा घरमै बनेका खानेकुरा खाजा खाने बानी बसाल्नुपर्छ । बजारको मम, चाउमिन दाँतमा बढी टाँसिन्छ । पेट र स्वास्थ्यका लागि पनि त्यस्ता खाना योग्य हुन्न । स्कुलमा पनि दाँत माझ्ने तरिका सिकाउनु जरुरी छ ।

फ्लोराइड तŒव दाँतलाई अति आवश्यक हुन्छ । पानी, नून, दूधमा फ्लोराइड मिलाएर खान सकिन्छ । यो तŒव भएका अर्गानिक खाद्यपदार्थ खानुपर्छ । जिब्रोमा ६० प्रतिशत ब्याक्टेरिया हुन्छ । दाँतसँगै त्यसको दैनिक सफा गर्नुपर्छ । पानी पुगेन, पेटको समस्या हुनेको स्वास गन्हाउँछ । टुथपिकले दाँत कोट्याउनु हुन्न । विशेषखालको धागो पाइन्छ, त्यसले अड्ेका खानेकुरा निकाल्ने गर्नुपर्छ ।

दाँतको काम

दाँत मानिसको शरीरको स्वास्थ्यसँग जोडिएको महŒवपूर्ण अंग हो । मुखभित्र रहेको दाँत मानिसको सौन्दर्यसँग पनि जोडिएको हुन्छ । सुन्दर दाँत हुनेको हँसाइलाई सौन्दर्यशास्त्रले दन्तेमोहनी लाउने हाँसो भनिएको पाइन्छ । मुखमा रहेको दाँतको लहरको सबैभन्दा पछाडिको दाँत बुद्धिबंगाराको नामले चिनिन्छ । यो अलिक पछि नै उम्रने गर्छ । सबै दाँत गरेर मानिसमा जम्मा ३२ वटा हुन्छ । सबै दाँतको आआफ्नै उपयोग हुन्छ । अग्रभागको दाँतले खाना टोक्ने काम गर्छ । त्यसपछि बीचकाले लुछ्ने र त्योभन्दा पछाडिका बंगाराले खाना चपाउने काम गर्छ । बुद्धिबंगाराले भने खासै काम पाउँदैन । त्यसैले पनि त्यसमा चाँडै समस्या देखिन्छ । दाँतले अनावश्यक वस्तु टोक्ने गर्दा यसको स्वास्थ्यसँगै सौन्दर्यमा पनि असर गर्छ ।

उपचार कसरी हुन्छ ?

नियमित दन्तपरीक्षण गर्ने चलनको विकास गर्नु दाँतको सुरक्षित भविष्यको विकास गर्नु हो । दाँत दुखेपछिमात्र दन्त विशेषज्ञ वा अस्पताल पुग्ने चलनकै कारण पनि नेपाली समाजमा दाँतको समस्या जटिल बन्दै गएको छ । नियमित जँचाउनेका संख्या नगन्य छ । नियमित दाँतको परीक्षणले पछि हुने महँगो उपचार खर्चको बचत गर्छ । दाँत कीराले खान थालेको छ भने सामान्यखालको दाँत भरेर त्यसको उपचार गरिन्छ । जब गहिरा खाल्डामा खानेकुरा अड्किन थाल्छ त्यो बेला दाँत सरसफाइ र भराइले मात्र पुग्दैन । दाँतमा कीराले कत्तिको असर गरेको छ त्यसमा उपचार निर्भर हुन्छ । दीर्घकालीन दाँत भराइ, दाँतमा क्याप हाल्ने र दाँत नै अर्को हाल्ने जस्ता उपचार गर्नुपर्छ । त्यसैले कम्तीमा ६ महिनामा एक पटक दाँत सफा गराउनुपर्छ । दन्तहर्ष भएर गिजा सर्छ, हड्डी खिइन थालेपछि ढिला हुन्छ ।

कीराले खाएको प्वाल टाल्न त्यसमा प्रयोग गरिने सामग्रीअनुसार पैसा लाग्छ । तीन–चारसयदेखि लाखौँ लाग्ने उपचार पनि हुन्छ । त्यसमा समस्या कति जटिल छ भन्ने तथ्यले पनि खर्चको निक्र्योल गर्छ । दाँतको उपचारमा प्रयोग हुने अत्याधुनिक मेसिन र सामग्री नै महँगो हुँदा निजी अस्पताल र क्लिनिकमा उपचार केही महँगो हुन्छ ।  सरकारी अस्पताल वा परम्परागत सामग्रीले उपचारमा अलिक कम खर्च लाग्छ । नक्कली दाँत नै सात–आठ सयदेखि  डेढ लाखसम्मको हुन्छ ।

दन्तहर्षको अवस्थाअनुसार सामान्य औषधि प्रयोगसँगै गिजाको विशेषज्ञले शल्यक्रिया गरेर समाधान गर्न सक्छन् । तर, ब्लडप्रेसर, मधुमेह लागेका बिरामीलाई फरक उपचार पद्धति अपनाउनुपर्छ । ग्रामीण क्षेत्रमा दाँतको स्वास्थ्यका लागि सरकारी तहको सेवा नै छैन । सहरमा मात्र यस्तो सेवा पाइन्छ । ल्वाङको तेल, एसिड दाँतमा लगातार हालेर वरपरको मासुमै घाउ बनाउने जस्ता  कार्य गर्नै हुन्न । गाउँमा धामी झाँक्रीले कीरा झार्ने भनेर स्थानीयलाई अन्धविश्वासमा राखेको पाइन्छ ।

Topics #जटिल #दन्तरोग