एकपटक निमोनिया लागिसकेको छ भने सामान्य संक्रमणबाट पनि पुनः दोहोरिन सक्छ । त्यसैले चिकित्सकले दिएको सल्लाहअनुसार पूर्ण रूपमा औषधि सेवन गर्ने । डोज नपुगी बीचैमा औषधि छोड्नु झन् ठूलो समस्या निम्त्याउनु हो ।

धुवाँधुलोको संक्रमणबाट टाढै बस्ने, रुघाखोकी लागेको मानिसको नजिक जाँदा मास्क प्रयोग गर्ने ।
बच्चालाई निमोनियासम्बन्धी खोप लगाउने, कुपोषण भएको तथा झाडापखालाले सताएको बच्चालाई चिसोबाट जोगाउने ।

दम, मुटु, फोक्सो, एचआइभी–एड्स संक्रमितलगायत दीर्घरोग भएकाहरू बढी नै सजग रहने । चुरोट, बिँडी, जाँडरक्सी
सेवन नगर्ने ।

 

Topics #निमोनिया #बच्न