कपाल झरेर दिक्क हुनुहुन्छ भने घरेलु उपाय

भारतका ब्युटी एक्सपर्ट किरण बावाको टिमले हालै गरेको अनुसन्धनमा १० वटा सजिला तरिकाहरुको पुष्टि गरेका छन जसलाई पालना गर्दा कपालका सबै खाले सम्स्याबाट छुट्कारा प्राप्त गर्न सकिन्छ ।

दहिमा कागतीको रस मिसाएर दैनिक कपालमा लगाउनाले कपाल झर्नबाट बच्न सकिन्छ । कुनै खानामा यस्तो खालको न्युट्रिएन्स रहेको हुन्छ जसले गर्दा तपाइको कपाललाई पुर्ण रुपमा मझ्भुत बनाइदिन्छ् ।

१) अमला टुक्रा गर्ने र नरिवलको तेलमा मिसाउने । त्यसपछि, एकछिन घाममा अथवा आगोको प्रयोग गरी तातो बनाउने । अव फेरी त्यसलाई सेलाउने र कपालको जरामा पुग्ने गरी त्यसलाई लगाउने । यस्तो गर्दा कपाल झर्ने सम्स्याबाट मुक्त हुन सकिन्छ ।

२) अन्डाको पहेलो भागलाई मिसाउने र धैरै समयसम्म त्यसलाई घोल्ने । त्यसपछि घोलीएको रसलाइ कपाको जरा जरामा लगाउने । एसले गर्दा कपालाई मझ्भुत बनाउनुका साथै कपाल झर्ने क्रमलाई रोक्न सकिन्छ ।

३) ग्रिन टी अर्थात हरीयो चियालाई पानीमा उमाल्ने र त्यसलाई करिब एक घन्टा सम्म सेलाउने र त्यो रसमा कागतीको रस मिसाउने । त्यसपछी कपालमा लगाउने र घाम लागेको ठाउँमा गएर कपाललाइ सेकाउने । यस्तो तरीका अप्नाउँदा तपाइलृे कपाल झर्ने समस्यालाई पर भगाउन सक्नुहुन्छ ।

४) घिउकुमारीमा रहेको चिल्लो पदार्थ निकालेर कपाल झरेको ठाँउमा अथवा कपाल नभएको ठाँउमा लगाउने र आधा घन्टा पछि त्यसलाइ सफा पानिले पखाल्ने । यस्तो गर्दा कपाल झर्ने समस्यामा अलिक कम हुने गर्दछ ।

५) अनारको बोक्रालाई मसिनो गरी पिसेर टाउकोमा लगाउनाले कपाल बाक्लो हुने र कपाल झर्नबाट बच्न सकिन्छ । यो उपायलाई अप्नाउदा तपाइको कुनै पैसा खर्च गर्नु नपर्ने बिग्यहरुको भनाई रहेको छ