सबै उमेरका व्यक्तिले पिउन सक्ने चियाको सुरुवात १८औंं शताब्दीमा चीनमा भएको इतिहासमा उल्लेख छ । यसको वैज्ञानिक नाम क्यामेलिया साइनेन्सिस् हो । नेपालमा मात्रै नभई विश्वभर पेय पदार्थ मध्ये चिया प्रचलित र सस्तो छ । तयारी चियालाई फर्मेन्टेड टी, अनफर्मेन्टेड टी र सेमिफर्मेन्टेड टी भनी वर्गीकरण गरिएको छ । संसारका विभिन्न स्थानका प्रयोगशालाबाट चिया पिउँदा मानव स्वास्थ्यलाई हानी भन्दा फाइदा नै बढी हुने प्रमाणित भएको छ ।

यस्ता छन् चिया पिउँदाका फाइदा :

१. चिया पिउँदा ताजापन र आनन्द अनुभव हुन्छ । चियामा एन्टिअक्सिडेन्टयुक्त पोलिफिनोल्स हुन्छ । जसले मानव शरीरमा भएका विषाक्त प्रतिरोधात्मक क्षमता वृद्धि गर्दै रगतमा भएका विषाक्त तत्वलाई निश्कासन गर्न सहयोग गर्छ ।

२.चियालाई सौन्दर्य प्रसाधनका रुपमा पनि प्रयोग गरिन्छ । अर्थोडक्स चियालाई भिजाएर त्यसको पानीले मुख तथा शरीर धुँदा तथा भिजाएको चियालाई पिसेर त्यसको लेप लगाउनाले अनुहारमा आएको डन्डीफोर तथा पुरानो दाग मेटिन्छ ।

३. विभिन्न किसिमका क्यान्सरको सम्भावनालाई नियमति चिया सेवनले न्यूनीकरण गर्ने जनाइएको छ । चियाले आलस्य हटाई सक्रिय र सोच्ने शक्ति बढाउँछ ।

४. चियामा हुने ड्युरेटिक गुणले मिर्गौला, कब्जियत र पत्थरी रोगको जोखिम कम गराउछ । मुटुको गति सन्तुलनमा राख्न तथा कोलेस्ट्रोललाई न्यूनीकरण गर्न पनि चियाले मद्दत गर्छ ।

५. चियामा प्रशस्त मात्रामा फ्ल्युराईड भन्ने तत्व पाईन्छ । जसले दाँतलाई मजबुत बनाउनुका साथै गिजालाई समेत स्वस्थ राख्छ ।

६. चियाले स्फूर्ती बढ्ने, थाकाई महसुस नहुने तथा शरीरमा जाँगर र उर्जा वृद्धि गराउँछ ।

७. चियामा कम मात्रामा सोडियम हुने हुँदा उच्च रक्तचापका बिरामीलाई फाइदा गर्छ । चियामा जीवाणुनाशक गुण हुने हुँदा अनेक प्रकारका ब्याक्टेरिया तथा भाइरल इन्फेक्सनबाट जोगाउँछ ।

८. चियाले मित्रवत् व्यवहार तथा असल विचारको विकास गराउँछ । चिया आवश्यकता भन्दा बढी र अन्य तत्व मिसाएर पिउँदा भने बेफाइदा गर्न सक्छ । दूध र चिनी प्रयोग नगरी चिया सेवन गर्नु बढी फाइदाजनक मानिन्छ ।

Topics #चिया #मित्रवत