हवाई यात्राका क्रममा कतिपयलाई पेटसम्वन्धि समस्या हुनेगर्छ । यसको कारण हो, यात्रापूर्वको खानपान । उचाईंमा रहँदा पेट र पाचनतन्त्र ३० प्रतिशतसम्म फैलिन्छ । फलस्वरुप पेटमा दवाव पर्छ । यसले गर्दा यात्रा खल्लो हुनसक्छ ।

हामीकहाँ हवाईजहाज सर्वसुलभ छैन । त्यसैले यात्राको लागि सडक यातायातकै भर परिन्छ । अतः जरुरी अवस्था बाहेक धेरैले हवाई यात्रा गर्दैनन् । हवाई यात्रामा केहि सावधानी अपनाउनुपर्छ । खासगरी पहिलो पटक यात्रा गरिरहेकाहरुले हवाई यात्राका क्रममा गर्न हुने र नहुने कुरा जान्नुपर्छ । जस्तो कि, खानपान पनि ।

अतः यात्राका क्रममा भोजन यस्तो हुनुपर्छ, जो सुपाच्य होस् । अर्थात सजिलै पच्ने खालको होस् । यस्ता भोजनबाट चाँडै उर्जा प्राप्त हुन्छ र थकावट वा भारीपना महुसस हुँदैन । तुरुन्त उर्जाको सबैभन्दा ठूलो स्रोत हो तरल कार्बोहाइड्रेट । यसले यात्रीलाई उडानको चिन्ताबाट टाढा राख्छ र सहज महसुस गराउँछ ।

यात्राभन्दा अगाडि केही न केही अवश्य खानुपर्छ । यदि यात्रा गर्नुभन्दा २-३ घन्टा अगाडि केही खाइएको छ भने खाली पेट यात्रा गरेको भन्दा बढी सहज हुन्छ । तर, के खाने ? जान्नुपर्छ ।

हवाई यात्रामा के खाने, के नखाने त ?

१. यात्रा सुरु गर्नुअघि एउटा रोटी वा एउटा हल्का स्यान्डविच खानु उपयुक्त हुन्छ । दही, दूध, रोटी भोजनको राम्रो विकल्प हो ।

२. उडानभन्दा अगाडि रक्सी वा अन्य मादक पेयको सेवनले असुविधा उत्पन्न गर्छ । रक्सीमा कफिन हुन्छ जसबाट रगतमा सर्कराको स्तर बढेर बेहोशीको अवस्थामा पुर्‍याउँछ ।

३.ती खाद्यपदार्थहरुमा परहेज गर्नुपर्छ, जो पचाउन मुस्किल हुन्छ । जस्तै तारेको खानेकुरा, बोसो, प्याज र काउली खान ।

४. खानेकुरा हल्का र सुपाच्य हुनुपर्छ । कम क्यालोरीको भोजन खानुपर्छ किनकी घन्टौंसम्म सिटमा बसिरहनु पर्ने भएकाले बढि क्यालोरी आवश्यक नै पर्दैन । साथै फास्टफुडबाट बचौं ।

५. हावाको दवावका कारण उचाईंमा रहँदा डिहाइड्रेसनको महसुस हुन सक्छ । फल र फलको जुस सेवन गरौं ।

६. आफ्नो साथमा हल्का नास्ता राख्नुपर्छ । जस्तै कर्नफेलेक्स, ग्रेनोला ।

हाम्रो स्वास्थको सहयोगमा ।

Topics #खाने #हवाईयात्रा