हातगोडामा हुने यी सबैखाले समस्याबाट टाढा रहन जाडोमा साबुनपानीले धुने काम पूर्ण बन्द गर्नुपर्छ । जाडोमा मोजा गनाउने समस्या भयो भने पनि ट्रिक लगाउन सक्नुहुन्छ । कागती र तेल मिसाएर मनतातो पानीमा केही समय मोजा डुबाइदिएर सफा गर्दा मोजा तथा गोडा गनाउने समस्या कम हुन्छ ।

जाडोमा हातगोडा फुस्रो हुने समस्या अधिकांशमा देखिन्छ । फुस्रो भएपछि हातगोडा हेर्दै नराम्रा देखिन्छन् । त्यसो त छाला फुट्ने डरले सफा गर्नबाट टाढा रहँदा समस्या झनै बढी हुन्छ । कतिपयको गोडा गनाउने समस्या पनि हुन्छ । यस्ता समस्याको समाधान सजिलैसँग गर्न सकिन्छ । ब्युटिसियन निना महर्जनले ट्रिक सिकाएकी छिन् ।

हातगोडाको छाला फुस्रो भयो भने नरम बनाउने उपायतिर लाग्नुपर्छ । बजारिया कतिपय प्रोडक्टले छालामा झनै समस्या पार्न पनि सक्छ । त्यसैले हातगोडाको छाला नरम बनाउन घरमै प्याक बनाउन सकिन्छ । कागती, स्याम्पु र कन्डिसनर लगाएर मनतातो पानीले सफा गर्नुपर्छ । सफा गरिसकेपछि आयली लोसन या मोस्चराइजर लगाएर २० देखि २५ मिनेटसम्म मसाज गर्नुपर्छ । यो काम गर्दा हातगोडाको छाला नरम र आकर्षक देखिन्छ ।

कागती, स्याम्पु र कन्डिसनर लगाएर मनतातो पानीले हातगोडा सफा गरिसकेपछि चन्दन पाउडर लगाएर फेरि सफा गर्दा हातगोडाको छालामा चमक आउँछ । चन्दन पाउडरले छालाको कालोपन पनि हटाउन मद्दत गर्छ ।

हाम्रो स्वास्थको सहयोगमा ।

 

Topics #फुस्रा #हातगोडा