योग निन्द्रा सबै भन्दा सजिलो योग आसन हो भन्दा पनि फरक पर्दैन तर पनि यसले स्वास्थ्यमा निकै फाइदा पुर्याउँछ । यो एक किसिमको ध्यान हो, जसलाई जमिनमा पल्टेर गर्ने गरिन्छ । यस योगमा आध्यात्मिक निन्द्रा लिने गरिन्छ । यो त्यो निन्द्रा हो, जसमा जागेर नै सुत्नु पर्ने हुन्छ ।

सुत्ने र जाग्ने बीचको स्थितिलाई योग निन्द्रा भनिन्छ । यदि यस योगलाई नियमित १० देखि ३० मिनेट सम्म गरियो भने विभिन्न किसिमको समस्यालाई नियन्त्रण गर्न सकिन्छ ।

योग निन्द्रा गर्ने तरिका

हल्का खुल्ला कपडा लगाएर कुनै खुल्ला र शान्त वातावरणमा रोज्नुहोस् र जमिनमा ढाडको बलले पल्टिनुहोस् । दुवै खुट्टा लगभग एक फूटको दुरीमा राख्नुहोस् ।

दुवै हातलाई कम्मर देखि कम्तीमा छ इन्चको दुरीमा राख्नुहोस् । अब आँखा बन्द गर्नुहोस् र पूरा शरीरलाई आराम राखी ध्यान गर्नुहोस् । यस पोजिशनमा १० देखि ३० मिनेट सम्म रहनुहोस् ।

स्वास्थ्य लाभहरू:-

१-अस्थमाको समस्या नियन्त्रण हुन्छ ।

२-गर्दनको दुखाईबाट आराम मिल्छ ।

३-कम्मर दुख्ने समस्याबाट पनि छुटकारा मिल्छ ।

४-जोर्नीको दुखाईबाट आराम मिल्छ ।

५-ब्लड प्रेशरमा सुधार आउँछ ।

६-डायबिटीज नियन्त्रण हुन्छ ।

७-हर्ट अट्याकको आशंका घट्छ ।

८-टाउको दुख्ने समस्याबाट आराम मिल्छ ।