दिनभरि हामी यस्ता कयौँ गलत बानीलाई पछ्याउने गर्दछौँ, जसको कारण शरीरको ब्लड शुगर लेभल बढ्न थाल्छ । केही समय पछि यस्ता गलत बानीले डायबिटीजको रूप लिन्छ ।

चिकित्सकका अनुसार, यहाँ यस्ता ५ गलत बानीको चर्चा गरिएको छ, जसले डायबिटीजको खतरालाई उत्पन्न गर्न सक्छ ।

१- प्रयाप्त निन्द्राको कमी

दिनहुँ ७ देखि ८ घण्टाको प्रयाप्त निद्रा नलिँदा फ्याट बढ्न थाल्छ । यस्तो अवस्थामा डायबिटीजको आशंका बढ्न सक्छ ।

२- बढी नास्ता खानु

दिनभरि हाइ क्यालोरी युक्त अस्वस्थकर नास्ता खाँदा शरीरको फ्याट बढ्छ । यसबाट डायबिटीजको आशंका बढ्छ ।

३- अत्यधिक गुलियो सेवन गर्नु

दिनमा कयौँ पटक गुलियो चीज खाँदा शरीरमा शुगर लेभल तीव्र रूपमा बढ्छ, जसको कारण डायबिटीजको आशंका बढ्छ ।

४- लगातार बसिरहनु

दिनहुँ लगातार बसिरहँदा शरीरको इन्सुलिन लेभल बिग्रन थाल्छ । यसले डायबिटीजको खतरा बढाउन सक्छ । दिनहुँ ३० मिनेट व्यायाम वा हिडडुल गर्नुहोस् ।

५- डाइटमा ध्यान नदिनु

अस्वस्थकर डाइट सेवन गर्दा ब्लड शुगर लेभल बिग्रन सक्छ । यसले डायबिटीजको आशंका बढाउँछ । डाइटमा साबुत अनाज, नट्स, मशरूम, हरियो सागसब्जी र बीन्स जस्ता चीज समावेश गर्नुहोस् ।