बिहेमा ३२ मिटरको साडी लगाएर किर्तिमान राख्न खोज्दा हुने भयो १० बर्षको जेल

मान्छेहरु पनि कति अचम्मका हुन्छन, बिहे गर्दा पनि ३२ सय मिटरको सारी लगार गर्छन । फेरी सरकारले जेल सजाय हुने बताएको । अनावश्यक रुपमा बाठो भएर दुनियालाई देखाउने ध्याउन्नमा अन्टसन्ट काम गर्दा फसाद पर्छ । त्यस्तै भएको छ एक बेहुलीलाई । दुनियामा कसैले नगरेको काम गर्दै बिहे गर्ने धूनमा लाग्दा श्रीलंकामा एक युवतीले १० वर्ष जेलको हावा खाने खतरा बढेको छ ।

अहिले सोसल मिडियामा एक जोडी बेहुला बेहुली खुबै ट्रेण्डिङ छन् । श्रीलंकाली यी बेहुला बेहुली निकै सुन्दर पहिरनमा सडकमा हिँडिरहेका देखिन्छन् । यिनीहरुको बिहे हालै भएको हो । बिहे पनि चानचुने होइन । बेहुलीले बिहेमा ३२ सय मिटर लामो साडी लगाएकी थिइन् । त्यो भिमकाय लामो साडी गह्रौँ नहुने कुरै भएन ।

त्यसैले सेन्ट्रल डिस्ट्रिक्टको मुख्य सडकमा एक सरकारी स्कुलका अढाइ सय जना छात्राहरुलाई सडकमा लत्रिएको साडी सम्हाल्ने जिम्मा दिइएको थियो । बेहुला बेहुली पैदल हिँडिरहेका थिए भने बालिकाहरुले साडी सम्हालिदिएका थिए । त्यतिमात्र होइन १ सय भन्दा धेरै छात्राहरुले हातमा पुष्पगुच्छा लिने फ्लावर गर्लको भूमिका निभाएका थिए । त्यस्तो अनौठो बिहे श्रीलंकामा सायद पहिलो पटक नै भएको थियो ।

त्यसैले बेहुला बेहुली र आगन्तुक समेत निकै उत्साहित थिए । बिहेमा त्यहाँका मुख्यमन्त्रीलाई मुख्य अतिथिको रुपमा निम्त्याइएको थियो र मुख्यमन्त्री बिहे समारोहमा आएर बेहुला बेहुलीलाई आशिर्वाद दिए । तर बिहेको त्यो उत्साह केहीक्षणमै आक्रोसमा बदलियो । मानिसहरुले त्यो बिहेको विषयमा अनलाइनमा बिरोध जनाउन थाले । घण्टौँसम्म स्कुले छात्राहरुको दुरुपयोग गरिएको विषयमा कडा विरोध गरियो ।

वास्तवमा श्रीलंकामा कुनै निजि समारोहमा स्कुले विद्यार्थीलाई तैनाथ गर्नु अपराध मानिन्छ । त्यसैले यदि उक्त विषयमा छानविन भएर बेहुला बेहुली दोषी ठहर भएर १० वर्षसम्मको सजायँ हुनसक्ने प्रावधान रहेको छ । अहिले उक्त विषयमा सरकारी तबरबाट छानविन सुरु भएको बताइएको छ ।