दैनिक व्यस्त जीवनशैलीका कारण त्वचाको हेरचाह गर्न कठिन हुन्छ । यसकारण राती सुत्नुअघि अनुहारमा केही चीज लगाउन सकिन्छ ।

यी चीजमा पाईने एन्टीअक्सीदडेन्ट्स जस्ता न्यूट्रीएन्ट्सले त्वचाको फेयरनेस बढाउन मद्दत गर्छ । लगातार सात दिन सम्म यी चीजलाई अनुहारमा लगाउँदा चमक बढ्छ ।

यी ९ चीज अनुहारमा लगाउनुको फाइदा-

१-आलूको रस

यसले त्वचाको रंग गोरो बनाउन मद्दत गर्छ । अनुहारको चमक बढाउँछ । यदि समय कम छ भने आलूको स्लाइसको प्रयोग गर्न सकिन्छ ।

२-नरिवल तेल

अनुहारमा यसले हल्का मालिश गर्दा चाउरीपनको समस्या कम हुँदै जान्छ । त्वचाको नरमपन बढाउनको लागि नरिवल तेल निकै फाइदाजनक मानिन्छ ।

३-मह

महमा कागतीको रस मिलाएर अनुहारमा लगाउँदा दाग-धब्बा हटाउन मद्दत मिल्छ । यसले फेयरनेस बढाउँछ । तपाईको इच्छा अनुसार, बेसनमा मह मिलाएर प्रयोग गर्न सक्नुहुन्छ, जसले त्वचा स्वस्थ रहन्छ ।

४-ग्रीन टी

यसलाई कटनको सहायताले अनुहारमा लगाउनुहोस् र केही समयपछि धुनुहोस् । यसले त्वचाको चमक बढाउँछ । ग्रीन टी ब्याग्सको प्रयोग स्वस्थ कपालको लागि पनि गर्न सकिन्छ ।

५-बेसन

बेसनमा दही मिलाएर अनुहारमा लगाउँदा दाग-धब्बा हट्छ । यसलाई अनुहारमा लगाउँदा त्वचाको चमक बढ्छ ।

६-काक्राको रस

यसमा कागतीको रस मिलाएर अनुहारमा लगाउँदा चाउरीपनको समस्याबाट बँच्न सकिन्छ । त्वचा नरम हुन्छ । यसलाई एलोभेरा जूसमा मिलाएर लगाउँदा पनि फाइदा प्राप्त गर्न सकिन्छ ।

७-काँचो दूध

यसको प्रयोगले मृत त्वचा निकाल्छ र त्वचामा चमक बढाउँछ । त्वचामा कसिलोपन बनाई राख्न काँचो दूध लगाउनुहोस् । यसले चाउरीपनको समस्याबाट छुटकारा दिलाउँछ ।

८-एलोभेरा जूस

यसलाई कटनको सहायताले अनुहारमा लगाउँदा फेयरनेस बढ्छ । त्वचाको सुख्खापन हट्छ । यो हरेक मौसममा त्वचाको लागि फाइदाजनक हुन्छ ।

९-गुलाब जल

अनुहारमा गुलाब जल लगाउँदा त्वचाको नरमपन बढ्छ । जो मानिसको त्वचा कडा एवम् रुखो हुन्छ, उनीहरूले गुलाब जलको प्रयोग गर्नु फाइदाजनक हुन्छ ।