तपाईलाई थाहा भएको या थाहा नभएको टेक्नोलोजी सम्बन्धि केहि तथ्य यहाँ राख्न खोजेका छौ , जुन सुनेर तपाई हैरान बन्न सक्नु हुन्छ |
१. संसारका ९१% मानिसहरु आफ्नो मोबाइललाई १ हातको दुरीमा राक्छन , हरेक समय , हरेक घण्टा , हरेक दिन |
२. संसारमा ६.८ बिलियन मानिसहरु छन् , जसमा ४ बिलियन मानिसहरु मोबाइल फोन प्रयोग गर्छन र मात्र ३.५ बिलियन मानिसहरु टुथब्रस प्रयोग गर्छन |
३. HP,Microsoft,Apple मा भएको एउटा समानता यो हो कि , यी तिनै कम्पनि ग्यारेजबाट सुरु भएको थियो |
४. आजको मिति सम्ममा पहिलो पल्ट मोबाइलबाट कल गरेको ४० बर्ष भैसकेको छ |
५. बिल गेट्स , जसले माइक्रोसफ्ट कम्पनि बनाएका थिए , उनको घर एउटा म्याक कम्प्युटरबाट डिजाइन भएको छ |
६. Youtube मा हरेक मिनेट ३०० घण्टाको भिडियोको अपलोड हुन्छ |
७. चाइनामा नक्कली एप्पल स्टोर हुने गर्थ्यो , जसले एप्पलको नक्कली समान बेच्ने गर्थ्यो , त्यहाँ कम गर्ने कर्मचारीलाइ पनि थाहा थिएँन यो नक्कली हो भनेर |
८. एउटा ७५ सालको महिलाले दुइटा फाइबर अप्टिक केवल काटेर घर लागिन , जसले गर्दा २ देशमा इन्टरनेट डाउन भएको थियो |

Topics #एप्पल #मोबाइल