मुखको दुर्गन्धले धेरैलाई समस्या पारिरहेको हुन्छ तर यसको समाधान वास्तवमै के हुन्छ भन्ने धेरैलाई जानकारी छैन । हाम्रा कतिपय भान्सामा पाइने कुराहरुले पनि मुखको दुर्गन्ध हटाउँन सकिन्छ । यहाँ हामीले त्यस्तै केहि जानकारीहरु संकलन गरेका छन् जुन असाध्यै सजिला छन् । यदि तपाईले यी उपायहरु अपनाउँनु भयो भने तपाईलाई नि फाइदा पुर्याउँछ ।

यी उपाय जानी राख्नुहोला

१. जिरा भुटेर खानाले पनि सासको दुर्गन्ध कम हुन्छ ।

२. हरेक दिन खाना खाएपछि तुलसीको पातवा अलैची चबाउने गर्नुहोस् ।

३ पुदिनालाई पिसेर पानीमा घोली दिनमा दुई दिनदेखि तीन पटकसम्म कुल्ला गर्नाले पनि सासलाई ताजा राख्छ ।

४. प्रसस्त मात्रामा पानी पिउने बानी बनाउनुहोस् यसले पाचन प्रणालीलाई सफा राखी सास गनाउने समस्या हुन दिदैन ।

५. बिहानर बेलुका खाना खाइसकेपछि दुईपटक दाँत माझ्ने बानी गर्नुहोस् ।

६. हरेक दिन बिहान एक गिलास पानीमा एउटा कागती निचोरेर त्यसले कुल्ला गर्नुहोस् ।

७. खानामा रेसादार /फाइबरयुक्त सब्जीहरु समाबेश गर्नुहोस् ।

८. एक कप पानीमा एक चम्चा बेकिङ सोडा मिलाएर मुख कुल्ला गर्नुस्, यसले मुखको अम्लियपना कम गरी सास गनाउने समस्या कम गर्छ ।

९. बेला बेलामा ल्वाङ मुखमा राख्ने बानी बसाल्नुस् यसले सासमा ताजापन ल्याउँछ ।

१०. तातो पानीमा नून मिसाएर कुल्ला गर्नुहोस् ।