दिनदिनै हामि व्यस्त हुने गर्छौ । हरेक दिन केहि न केहि नया नया कमहरु हामीले गरिरहेका हुन्छौ।  जसले हाम्रो जीवनमा स्ट्रेस झन्वि झन्भि बढ्दै जान्छ। व्यस्त जीवनशैली तथा विभिन्न अभावका कारण मान्छे स्ट्रेसको सिकार बन्छ । ठूलो युवापंक्तिमा स्ट्रेसको खतरा बढी देखिन्छ । पढाइका कारण पनि युवाहरूमा स्ट्रेस भएको पाइन्छ ।

स्ट्रेस भयो भने तत्काल चाल्न सकिने उपयोगी टिप्स छन् :

स्ट्रेस भयो भने तत्काल शान्त हुनुहोस् र तीनपटक गहिरो श्वासप्रश्वास गर्नुहोस्

यस अवस्थामा दुवै हात माथि फर्काएर दुई मिनेटसम्म स्ट्रेचिङ गर्नुहोस् ।

स्ट्रेस भएका वेला चिसो पानी पिउँदा पनि राहत मिल्छ ।

स्ट्रेस भएका वेला आफूलाई मनपर्ने कुनै संगीत सुन्नुहोस् या मन पर्ने किताब पढ्नुहोस् ।

स्ट्रेस हँुदा एक्लै सकेसम्म नरहनुहोस्, परिवारका सदस्य या साथीको साथमा समय बिताउनुहोस् ।

स्ट्रेस भएको अवस्थामा २० देखि ३० मिनेटसम्म शारीरिक कसरत गर्नुहोस् ।

कुनै विषयमा तनाव बढ्दा स्ट्रेस हुन्छ । यस्तो वेला तनावबाट मुक्त हुन हाँस्ने कोसिस गर्नुहोस् ।

स्ट्रेसका वेला चुरोट र रक्सी सेवन नगर्नुहोस् ।

Topics #संगीत #स्ट्रेचिङ #स्ट्रेस