प्याज खानुका यति धेरै फाइदा थाहा पाए पछि पर्नु हुनेछ छक्क

दैनिक जीवनमा प्रयोग हुनेप्याजलाई तरकारीमा वा मसलाको रुपमा प्रयोग गर्न सकिन्छ । तर प्याजले हामो स्वाथ्यमा हुने अनेकौ फाइदा छन् । जस्ले गर्दा हाम्रो जीवन स्वाथ्य र फुर्ति हुन्छ

प्याज खादा हुने फाइदाहरु यस प्रकार छन्ः

– काँचो प्याजले रक्तचापलाई सन्तुलित राख्छ । यसमा हुने मिथाइल सल्फाइड र एमीनो एसिडले कोलेस्ट्रोललाई नियन्त्रण गर्छ र मुटुमा हुने रोग लाग्न दिँदैन ।

– प्याजमा पाइने एन्टी ब्याक्टेरियल गुणले शरीरमा हुने कोलेस्ट्रोलको स्तर नियमितरुपमा कम राख्छ ।

– प्याजले कपाललाई पनि स्वस्थ राख्छ । प्याजको रस लगाउँदा कपाल झर्न रोकिन्छ भने कालो पनि हुन्छ । यसले कपाललाई फुल्नबाट रोकेर कालो पार्र्ने काम समेत गर्छ ।

– प्याज गर्मी चिज हो । यसले चिसो हुनबाट बचाउँछ । चिसो लागेको समयमा वा रुघा खोकी लाग्दा प्याजको सेवन गर्दा फाइदा हुन्छ ।

– प्याजले यौन शक्ति पनि वृद्धी गर्छ । सुन्दर यौन जीवनका लागि प्याजको सेवन फाइदाजनक मानिन्छ । पुरुषले प्याजको सेवन गर्दा उनीहरुको यौन शक्ति बढ्छ ।

– पत्थर भएका ब्यक्तिलाई प्याजको सेवन निक्कै राम्रो हुन्छ । प्याजको रस चिनीसँग मिलाएर शरवत बनाएर सेवन गरेमा पत्थरीको समस्या रहँदैन । प्याजको रस सहितको पानी विहानमा सेवन गर्दा पत्थरी निस्कन्छ ।

– प्याज सेवन गर्दा कब्जियतको समस्या पनि समाधान हुन्छ । प्याजमा हुने रेशादार पदार्थले पेटमा हुने समस्याबाट मुक्त गर्छ ।

– प्याजमा सल्फर तत्व अधिक हुन्छ । यो पेटमा हुने कोलोन, स्तन वा फोक्सोको क्यानसरबाट बचाउन उपयोगी हुन्छ । यसले पिसावमा हुने संक्रमण समेत रोक्छ ।

– गर्मी मौषममा प्याज सेवन गर्दा लू लाग्ने खतरा हुँदैन । प्याजको एक चम्चा रस पानीमा मिसाएर छातीमा मालिस गर्दा फाइदाजनक हुन्छ ।

– नियमित प्याज सेवन गर्दा शरीरमा इन्सुलिनको मात्र सन्तुलित हुन्छ र मधुमेहबाट बचाउँछ । मधुमेह हुने ब्यक्तिले नियमित खानामा प्याज सलादको रुपमा खानु राम्रो हुन्छ ।