फलफुल सेवन स्वास्थ्यका लागि अनिवार्य कुरा हो । शरिरमा आवश्यक पर्ने पौष्टिक तत्वहरु प्राप्त गर्नका लागि फलफुल धेरै नै सहयोगी हुन्छन् । तर कतिपय अवस्थामा भने केहि फलफुलहरु सेवन गर्नु फाइदाकारी नभएर हानीकारक हुन्छन् ।

सामान्यतया, केरा स्वास्थ्यका लागि निकै लाभदायक फलफूल मानिन्छ । यसमा पोसेसियम, म्याग्नेसियम, भिटामिन बी–६ लगायत हुन्छ । तर, केही यस्तो अवस्थामा केरा खानुहुँदैन, जसले ठूलो समस्या निम्त्याउन सक्छ ।

केरा खान नहुने अवस्थाहरु :

-केरामा बढी मात्रामा सुगर, कार्बोहाइड्रेड, क्यालोरी पाइन्छ । यसले गर्दा शरीरमा मोटोपन बढ्न सक्छ । केरामा पोटासियम बढी मात्रामा हुन्छ । यसले गर्दा असामान्य रूपमा मुटुको धड्कन बढ्न सक्छ । यसले एन्जाइटीजस्तो समस्या पनि निम्त्याउन सक्छ । याद गर्नुहोस्, मानिसमा एन्जाइटी भयो भने निद्रा नलाग्ने, डर लाग्ने आदि लक्षण देखिन्छ ।

-केरामा पाइने थायमिन नामक तत्वले माइग्रेन र टाउको दुख्ने समस्या बढ्न सक्छ ।

-केरामा भिटामिन बी–६ हुन्छ। यसले स्नायु प्रणालीलाई असर गर्न सक्छ ।-केरामा गुलियोको मात्रा निकै बढी हुन्छ । यसले डाइबिटिज अर्थात् सुगर हुने सम्भावना बढ्छ भने यो रोग भएकाहरूको लेभल बढ्न सक्छ ।

यी माथिका अवस्थामा केराको सेवन नगर्नुहोला । तपाईको स्वास्थ्य नै तपाईको धन हो ।

Topics #कार्बोहाइड्रेड #केरा #थायमिन #माइग्रेन #मोटोपन