मानिसहरु फरक फरक भए जस्तै मानिसहरुको इच्छा र चाहना अनि आवस्यकता पनि फरक फरक हुन्छ। त्यसैले कोहि तौल घटाउन तिर लाग्छन भने कोहि चाही बढाउन तिर तर भनेको कुरा गर्न सजिलो त कहा हुन्छ र तौल बढाउन चाहेर पनि तौल बढिरहेको छैन भने पक्कै पनि तोईको खानपिन र जीवनशैलीमा केहि गडबडी छ भन्ने कुरा बुझ्नुस ।

पेटको समस्याः

इरिटेबल बाउल सिन्ड्रोम जस्ता पेटको समस्या हुँदा शरिरमा पौष्टिक तत्व राम्रो तरिकाले सोस्न पाउँदैन । यस्तोमा तौल बढ्दैन ।

२. पौष्टिक तत्वको कमीः

डाइटमा भिटामिन, आइरन, मिनरल्स र फ्याट्सजस्ता पौष्टिक तत्वको कमी तौल नबढ्ने कारण हुनसक्छ ।

३. मेटाबोलिजमः

टन्न खाँदा पनि तौल बढिरहेको छैन भने यसको कारण तपाईंको मेटाबोलिजम हुनसक्छ । यस्तो हुँदा तपाईं जतिपनि खानुहुन्छ त्यो सबै पच्छ ।

४. गलत व्यायामः

धेरै कार्डियो व्यायाम गर्दा शरिरको क्यालोरी तीब्र रुपमा खर्च हुने गर्दछ । यस्तोमा तौल बढ्न पाउँदैन । विशेषज्ञलाई सोधेर व्यायामको योजना बनाउनुहोस् ।

५. कम निन्द्राः

सुतिरहेका बेला कार्टिसोल हर्मोन बन्ने गर्दछ जसले मांसपेशी बन्न सहयोग गर्दछ । व्यायामका साथै पर्याप्त निदाउनु भएन भने तौल बढ्दैन ।

६. तनावः

तनावका कारण भोक कम लाग्छ, रुटिन गडबडी हुने गर्दछ र शरिरको हर्मोन्सको ब्यालेन्स बिग्रन्छ । यसले तौल नबढ्ने समस्या निम्त्याउने गर्दछ ।

७. कम खानुः

सबैको खानाको आवश्यकता भिन्न भिन्न हुने गर्दछ । शरिरको आवश्यकता अनुसार पर्याप्त खाना नखाँदा तौल कम हुने गर्दछ ।

थाहा पाउनुहोस्, तौल बढाउने सजिला उपायः

१. स्वस्थ खानेकुरा खानुहोस्ः

डाइटमा सबै प्रकारको रंगका खानेकुरा प्रयोग गर्नुहोस् । भरपूर स्वस्थ कार्बोहाइड्रेट, फ्याट र प्रोटिन खानुहुन्छ भने तौल बढ्छ ।

२. क्यालोरी बढाउनुहोस्ः

दिनभरी थोरै गरेर चार वा पाँचपटक स्वस्थ खानेकुरा खानुहोस् । जति क्यालोरी दिनभरी खर्च हुन्छ त्योभन्दा धेरै क्यालोरी खानुहोस् । तौल बढ्न थाल्छ ।

३. मांसपेशी बनाउनुहोस्ः

तौल उठाउने व्यायाम गर्दा मांसपेशी बन्न सहयोग पुग्दछ । विशेषज्ञको मद्दतले व्यायामको योजना बनाउनुहोस् ।

४. सही रुटीन बनाउनुहोस्ः

खाने, सुत्ने र व्यायामको सही रुटिन बनाउनुहोस् र यसलाई दैनिक अनुसरण गर्नुहोस् । यसले स्वस्थ रहन र तौल बढाउन सहयोग गर्दछ ।

५. दुध र महः

राती सुत्नु अघि एक गिलास दुधमा २ चम्चा मह हालेर पिउनुहोस् । यसले पाचन क्रिया सुध्रन्छ र तौल बढ्नृेछ ।

६. दही र चिनीः

खानासँगै एक कचौर दहीसँग चिनी मिसाएर खानुहोस् । यसले पर्याप्त मात्रामा क्यालोरी पाइन्छ र तौल बढ्नेछ ।

७. आलू खानुहोस्ः

आलूमा पर्याप्त मात्रामा कार्बोहाइड्रेट र कम्प्लेक्स सुगर हुन्छ । नियमित खाँदा यसले तौल बढ्छ ।

Topics #तौल #पेट #पौष्टिक तत्व #मेटाबोलिजम #व्यायाम