चायालाई फेसप्याक

– कालो तुलसीको पातमा थोरै मह, तीन–चार थोपा कागतीको रस मिसाएर राति सुत्ने वेलामा फेसप्याकका रूपमा लगाउने । २० मिनेटपछि पखाल्ने ।

– एक चम्चा काँचो दूध, आधा चम्चा कागतीको रस, आधा चम्चा गोलभेँडाको रस र त्यसमा पाउरोटीको सेतो भाग मिसाएर प्याक बनाई अनुहारमा लगाउने । २० मिनेटपछि पखाल्ने ।

– मुगीको दाल ठूलो एक चम्चा, दही सानो एक चम्चा, अन्डाको सेतो भाग र पहेँलो भाग दुई चम्चा, आधा भाग कागतीको रस, आधा चम्चा मह, एक चिम्टी बेसार मिसाई प्याक बनाएर अनुहारमा लगाउने । २० मिनेटपछि पुछ्ने (पखाल्ने)।

तिलकोठीलाई फेसप्याक

– एक कप दूधमा दुई चम्ची ह्विस्की मिसाई आधा कप हुने गरी पकाउने र त्यो लेपलाई सुत्नुअघि लगाई २० मिनेटपछि पखाल्ने

– हरियो धनियाँको रसमा कागतीको रस दुईदेखि चार थोपा र बियरको रस तीनदेखि पाँच थोपा मिसाई अनुहारमा लगाउँदा तिलकोठी कम हुन्छ ।

– बेसार र दही मिसाई अनुहारमा लगाउने । सो लगाएको २० मिनेटपछि नुहाउँदा अनुहार सफा हुन्छ ।

Topics #चाँया #तिलकोठी #फेसप्याक