सुन्तलाको ताजा रसमा नङलाई १० मिनेटसम्म डुबाउने । हप्तामा एक वा दुईपटक यसो गर्दा नङ बलियो र सुन्दर हुन्छ ।

एक चम्चा कागतीको रसमा तीन चम्चा ओलिभ आयल मिलाएर १० मिनेटसम्म नङलाई रगड्दा दह्रो हुनुका साथै चाँडै बढ्न मद्दत गर्छ । यो दिनको एकपटक गर्दा राम्रो हुन्छ ।

 

राति सुत्नुपहिले ओलिभ आयलले हल्का तरिकाले नङमा पाँच मिनेटसम्म मसाज गर्ने । त्यसपछि कटनको पन्जा लगाउने ।
नरिवलको तेलमा एकचौथाइ मह र रोजमेरीको तेल मिलाउने । त्यसलाई अलिकता तातो बनाउने ।

नङलाई त्यो मिसाइएको प्याकमा १५ मिनेटसम्म डुबाएर राख्ने । यस्तो प्रक्रियाले नङ सुन्दर हुनेभन्दा पनि स्वस्थ हुन्छ ।
नियमित एक हप्तासम्म यो उपचार गर्दा नङ बलियो हुन्छ ।

 

Topics #घरेलु उपचार #नङ बलियो