ओठ सुन्दरताको लागि महत्वपुर्ण हुन्छ । यसैले सबैको चाहना ओठलाई सुन्दर र आकर्षक बनाउँने हुन्छ । जन्मजात सुन्दर ओठहरु हुनेको संख्या निकै हुन्छ तर पनि ओठ सुन्दर नहुनेहरुको संख्या पनि कम छैन । कविहरुले तथा चलचित्रहरुले ओठको सुन्दरता बयान गरेका हुन्छन् । गुलाबी ओठहरु कसलाई नराम्रो लाग्ला र ? आफ्नो ओठ गुलाबी बनाउँन कसलाई मन नलाग्ला र ? यहाँ हामीले ओठलाई सुन्दर बनाउँने केहि उपायहरु पस्केका छौँ । योबाट तपाईले सुन्दर ओठ बनाउँन केहि सहयोग पाउँनु हुनेछ ।

तपाईंको ओठलाई गुलाबी बनाउन यी कुराले मद्दत गर्न सक्छ :

    • सुन्तलाको ताजा बोक्रालाई ओठमा रगडे यसको रसले ओठलाई मुलायम बनाउनका साथै राम्रो बनाउँछ ।
    • नरिवलको पानी, काँक्राको रस र कागतीको रस मिसाएर ओठमा लगाउँदा ओठमा भएको कालोपन हराउँछ ।
    • बेसारको धुलोलाई केही समय ओठमा लगाएर धुने गर्दा ओठको कालोपन हट्छ ।
    • अनारलाई पिसेर मसिनो बनाई ओठमा केही दिन लगाउँदा यसले गुलाबी बनाउन मद्दत गर्छ र
    • सुन्दरता पनि बढाउँछ ।
    • सुत्नुअघि गुलाबजल र ग्लिसिरिन मिलाएर ओठमा लगाउँदा यसले सौन्दर्यमा निखार ल्याउँछ ।
    • बेलुका सुत्नुअगाडि कागतीको रस ओठमा लगाउनुहोस् । तर, यो प्रक्रिया कम्तीमा दुई महिना निरन्तर गर्नुपर्ने हुन्छ ।
    • विटरुट (रातो मुला)को रस बनाएर लगाउँदा पनि ओठमा गुलाबी रङ आउँछ । यसमा प्राकृतिक रूपमा नै रातो रङ हुने
    • हुनाले यसले गुलाबीपना बढाउँछ र ओठमा भएको कालोपनलाई पनि हटाउँछ ।
    • स्वास्थको सहयोगमा 

 

Topics #कालो ओठ #गुलाबी #घरेलु उपाय