गर्भावस्थाको अन्तिम तीन महिना गर्भवती महिला सुत्ने बेलामा कसरी सुतिएको छ भन्ने कुराले महत्व राख्ने तर सुत्दा कोल्टे परेर सुतेको तर उठ्ने बेलामा माथि फर्किएको भए डराउनु नपर्ने अनुसन्धानकर्ताले बताएका छन् ।

गर्भावस्थाको अन्तिम तीन महिना गर्भवती महिला कोल्टे फर्केर सुतेमा मृत शिशु जन्मिने सम्भावना कम हुने एक अध्ययनले देखाएको छ ।

एक हजार भन्दा बढी महिलामा गरिएको अध्ययनबाट गर्भावस्थाको अन्तिम तीन महिना गर्भवती महिला खोप्टी परेर वा माथि फर्केर भन्दा कोल्टे परेर सुतेमा मृत शिशु जन्मिने सम्भावना कम हुने देखिएको हो ।

मृत शिशु जन्माएका दुई सय ९१ तथा स्वस्थ शिशु जन्माएका सात सय ३५ महिलामा गरिएको अध्ययनबाट यस्तो देखिएको हो ।

Topics #गर्भावस्था #तीन महिना #मृत शिशु