नियमित अन्तरालमा खाने

खाना खाँदा कम्तीमा ६ घन्टाको अन्तराल हुनुपर्छ । त्यतिखेरसम्म भोजन मज्जाले पचिसक्छ । बिहान नास्ता गरेको राम्रो । पौष्टिक नास्ता लिनुहोस् । रातिको खाना सात बजेअगाडि नै खानुहोस् ।

ढिलो डिनर गर्दा राम्ररी पच्न पाउँदैन र पेटसम्बन्धी समस्या आइलाग्छ ।

 

 

बसेरै खाना खाने

बसेर खाना खाँदा मात्र पाचन दुरुस्त रहन्छ अनि कब्जियत र एसिडिटी जस्तो समस्याले सताउँदैन । सुखासनमा बसेर भोजन गरेको राम्रो हुन्छ ।

चपाएर खाने

खाना खाँदा ध्यान दिनुपर्ने सबभन्दा महत्त्वपूर्ण कुरा भनेको चपाई चपाई खानु हो । यसो गर्दा भोक बढ्छ, खाना मज्जाले पच्छ, कब्जियत हुँदैन अनि दाँत पनि बलियो हुन्छ ।

पौष्टिक खाना खाने

खाना खाएर मात्र हुँदैन । त्यसमा सबै पौष्टिक तत्त्वको सन्तुलन हुनुपर्छ । खानामा स्वादका साथ पौष्टिकता पनि समावेश गर्नुहोस् ।

व्यायाम गरेलगत्तै नखाने

तपाईं व्यायाम गर्नुहुन्छ भने त्यो गरेलगत्तै पछि खाना खानुहुँदैन । शरीरको तापक्रम सामान्य अवस्थामा आएपछि मात्र खाना खानुहोस् ।

भोक लागेपछि मात्र खाने

भोक नलागिकनै खाएको खानाले शरीरलाई नोक्सान गर्छ । त्यसलै भोक लागेपछि मात्र खाना खानुहोस् र एकैचोटिमा थुप्रो खाना पनि नखानुहोस् । अलि अलि गरेर खाना खानुभयो भने मज्जाले पच्छ र मोटोपनको खतरा रहँदैन ।

 

शरीर सञ्चालनका लागि भोजन अत्यन्तै आवश्यक हुन्छ तर यो भोजनले स्वास्थ्यलाई कति फाइदा पुर्याउँछ भन्ने कुरा खाने तरिकामा भर पर्छ । सही तरिकाले खाएको भोजनले शरीरलाई तन्दुरुस्त र बलियो राख्छ भने हतारमा खाएको खानाले शरीर कमजोर बनाउँछ ।

स्वास्थको सहयोगमा 

Topics #खाना खाँदा