ज्वानोको चिया

गरम पानीमा ज्वानो, अलैंची, सुप र अदुवा हालेर उमाल्नुहोस् । यो चियामा राइबोफ्लेविन नामक तत्वको मात्रा हुन्छ । जसले शरीरमा रहेको बोसो घटाउन मद्दत पुग्छ ।

कागती चिया

पानीमा चिया पत्ति, कागतीको रस र दालचिनी हालेर उमाल्नुहोस् । अब यसलाई छानेर पिउनुहोस् । यसमा डी–लेमोनोन नामक तत्व पाइन्छ । जसले धेरै छिटो बोसो घटाउँछ ।

दालचिनी चिया

तातो पानीमा दूध, चिया पत्ति र दालचिनी पाउडर हाल्नुहोस् । पाँच मिनेटसम्म उमाले पछि यसलाई छानेर पिउनुहोस् । यसमा हुने पोलिफेनाल्स नामक तत्वले शरीरमा रहेको बोसोलाई घटाउने छ ।

जिराको चिया

उम्लिरहेको पानीमा जिरा हाल्नुहोस् । केही छिनपछि छान्नुहोस् । त्यसपछि यसमा कागतीको रस या मह हालेर पिउनुहोस् । यसले शरीरमा क्यालोरीको मात्रालाई घटाउने छ । जसबाट तपाईको शरीरको अनावश्यक
तौल घट्ने छ ।

कालो मरिचको चिया

यो चिया पिउनका लागि तातो पानीमा कालो मरिच र अदुवा हालेर उमाल्नुहोस् । अब यसलाई छान्नुहोस् र कागती रस या मह हालेर पिउनुहोस् । यसमा हुने पाइपेरीन नामक तत्वले शरीरमा रहेको बोसोलाई पगाल्ने छ ।

स्वास्थको सहयोगमा 

 

Topics #जाडो मौसम #शरिरको तौल