त्यत्तिकै मुस्काउने

कुनै कारणविनै पनि मुस्काउने वा सधैं खुशी देखिने मानिस कम्फर्टेबल टाइपका हुन्छन् । यिनीहरू कुनै पनि परिस्थितिलाई सजिलै ह्यान्डल गर्न सक्छन् ।

पावर पोज दिने

पावर पोज भन्नाले सीधा तन्किएर बस्ने, हिँड्ने र उभिने काम हो । यस्तो पोज दिने मानिस आत्मविश्वासी र अभिमानी हुन्छन् ।

उनीहरू हरेक समस्यालाई सुझबुझका साथ र बुद्धिमानीपूर्वक समाधान गर्छन् । तर यिनीहरूलाई आफ्नो प्रशंसा आफैं गर्नुपर्छ ।

आँखा जुधाएर कुरा गर्ने

आँखामा आँखा जुधाएर हेर्ने मानिस इमान्दार हुन्छन् । उनीहरूको आत्मविश्वास पनि यसबाट झल्किन्छ । उनीहरू प्रायः झुटो बोल्दैनन् ।

झुक्ने

पिठ्युँ र काँध झुकाएर हिँड्ने, बस्ने, उभिने र काम गर्ने मानिस कम आत्मविश्वासी हुन्छन् । सधैं उदास रहने कारण यस्ता मानिस सीधा उभिन सक्दैनन् ।

डगमगाउने

शरीरको भार कुनै एक गोडामा पारेर उभिने अनि उभिँदा स्थिर नबस्ने मानिस कमजोर हुन्छन् । उनीहरू जहिले पनि कसै न कसैको सहारा खोजिरहेका हुन्छन् ।

अगाडितर्फ झुक्ने

हिँड्दा वा बस्दा अघिल्तिर झुक्ने मानिस चलाख किसिमका हुन्छन् । उनीहरू जिज्ञासु स्वभावका र शंकालु किसिमका हुन्छन् । यिनीहरूको दिमाग जतिखेर पनि सूचनाले भरिएको हुन्छ ।

स्वास्थको सहयोगमा 

Topics #व्यक्तिको हाउभाउ #स्वभावमा निर्भर