यहाँ सानो बच्चालाई के खुवाउनुहुन्छ अनि के खुवाउनुहुँदैन भन्ने बारे छन् 

-पहिलो ६ महिना बच्चलाई आमाको दूध नै खुवाउनुपर्छ ।

-६ महिनापछि उमालेपछि चिसो भएको पानी चम्चाले पियाउनुपर्छ । त्यसपछि सानो गिलासले पियाउने हो ।

-बच्चालाई बोतलबाट सकेसम्म दूध वा पानी नपियाउनुस् ।

-६ महिनापछि बिस्तारै बच्चाको आहारमा सामान्य कुराहरू समावेश गर्दै जानुस् ।

-घरैमा बनेका दाल, खीर अलिअलि गरेर खुवाउँदै जानुस् ।

-६ महिनादेखि बच्चालाई केरा दूधसँग मुछेर खुवाउनुस् । बिस्तारै स्याउ, मेवा, आँप जस्ता फल पनि बच्चालाई खुवाउनुस् ।

-सात महिनाको बच्चालाई राम्ररी पकाइएका तरकारीहरू पिँधेर मसिनो बनाई खुवाउनुस् ।

-आठ महिनादेखि दाल वा खिचडी मज्जाले पकाएर अनि पिँधेर खुवाउनुस् ।

-नौ महिनाको बच्चालाई गाई वा भैंसीको दूध पिउन दिनुस् ।

-एक वर्षपछि बच्चालाई सन्तुलित र पूर्ण आहार दिनुपर्छ ।

स्वास्थको सहयोगमा

Topics #खानेकुरा #साना बच्चा