शरीर सुन्निने

अचारलाई लामो समयसम्म सुरक्षित राख्नका लागि सोडियमयुक्त नून हालिएको हुन्छ । सोडियमका कारण शरीरले पानीको मात्रा कायम राखेर अस्म्याटिक सन्तुलन गराउनुपर्ने हुन्छ जसकारण शरीर सुन्निन्छ ।

शरीर बढी नै सुन्नियो भने चिकित्सकलाई देखाउनुस् ।

ट्राईग्लिसराइड उच्च

अचारमा हालिने प्रिजर्भेटिभ्सले त्यसको आयु त बढाउँछन् तर स्वासथ्यलाई हानि पु–याउँछन् । प्रिजर्भेटिभ्समा तेलको मात्रा बढी हुन्छ र शरीरमा ट्राईग्लिसराइडको स्तर बढ्छ ।

मधुमेहमा हानिकारक

मधुमेहका रोगीले अचार खानै हुँदैन । अचार बनाउँदा लामो समय टिकोस् भनेर चिनी पनि हालिएको हुन्छ । चिनीयुक्त अचार मधुमेहको रोगीले सेवन गर्नुहुँदैन ।

पाचनप्रणालीमा असर

धेर अचार खाादा पेट फुल्छ र दुख्छ । धेर अचार खाने मानिसलाई पेटको क्यान्सर हुने सम्भावना हुन्छ ।

आन्द्रामा अल्सर

अचारमा मसला र तेल धेरै हालिएको हुन्छ । यसको अत्यधिक सेवनले आन्द्रामा अल्सर हुनसक्छ ।

उच्च रक्तचाप

अचारमा धेरै नून हालिएको हुन्छ र धेर नून खाँदा रक्तचाप बढ्न थालछ । तपाईंलाई उच्च रक्तचाप छ भने अचार नखानुस् ।

स्वास्थको सहयोगमा

 

 

Topics #बट्टामा खाँदिएको अचार #स्वास्थ