हामीले जे जति खान्छौ, सबैकुरा पचाउन गाह्रो हुन्छ । कतिको पचाउने क्षमता त एकदमै कमजोर हुन्छ । यस्तो व्यक्तिको अनुहार रुखो, जिर्ण र फिका देखिन्छ ।

त्यसैले स्वस्थ्य बन्न होस् वा सुन्दर बन्न, पेट सफा हुनुपर्छ । पाचन क्षमता बलियो हुनुपर्छ । हामीले खाएको खानेकुरा राम्ररी पच्यो भने शरीरमा पोषणको अभाव हुँदैन ।

शरीर स्वस्थ्य र तन्दुरुत हुनुका साथै रगत पनि सफा हुन्छ । यसले प्रत्यक्ष रुपमा हाम्रो छालाको सौन्दर्यमा पनि प्रभाव पार्छ ।

तर, यसरी बढाउनुहोस् आफ्नो पाचन क्षमता:

१. जब तपाई खाना खानुहुन्छ, त्यसको भरपुर आनन्द लिनुहोस् । आर्युवेदका अनुसार शारीरिक स्वस्थ्य कायम राख्नका लागि मनबाटै भोजन गर्नुपर्छ । खाना खाएको बेला आरामसँग बस्नुहोस् । सहि मुद्रामा बस्नुहोस् । यसले तपाईको पाचन यन्त्रले ठीक ढंगले काम गर्छ ।

२. पाचनलाई उत्तेजित तुल्याउनुहोस् । अर्थात एक टुक्रा अदुवा लिनुहोस्, त्यसमा कागतीको रस मिसाउनुहोस् । थोरै नुन पनि हाल्नुहोस् । यसले तपाई जतिपनि गरिष्ठ एवं भारी भोजन गर्नुहुन्छ, सजिलै पच्छ । आर्युवेदमा पनि भोजन पचाउनका लागि केहि काइदा बताइएको छ, जसमध्ये यो पनि एक विधी हो । यसले बोसो घटाउँछ र पाचन सहि राख्छ । यस्तो विधीलाई डाइएजेस्टिभ फायर विधी भनिन्छ ।

३. कोल्ड डिङ्स र फास्टफूड सेवन नगरौं । यसले शरीरमा नराम्रो कोलोस्टोर बढाउँछ । वोसो बढाउँछ । यसले पाचन प्रक्रियालाई असर गर्छ ।

४. आर्युवेदका अनुसार पाचन क्रिया दुरुस्त राख्नका लागि सहि र नियमित दिनचर्या पालना गर्नुपर्छ । बिहान नास्ता, मध्यन्ह भोजन र राती भोजन सहि समयमा गर्नुपर्छ । राती भोजन गरिसकेपछि तुरुन्तै सुत्नु हुँदैन । राती हल्का भोजन गर्नुपर्छ । बिहान पौष्टिक खानेकुरा खानु पर्छ ।

५. कहिले कहिं हामी काम गर्दै यति धेरै खानेकुरा खान्छौ कि, जसलाई पचाउन गाह्रो हुन्छ । चाहे टेलिभिजन हेरिहेको बेला होस् वा कसैसँग भलाकुसारी हामी खाइरहन रुचाउँछौ । यसरी एकै स्थानमा बसेर लामो समयसम्म खानु हानिकारक हुनसक्छ । त्यसैले खाने तालिका अनुसार ठीक–ठीक समयमा मात्र खाने गरौं । जतिपनि बेला खाइरहने बानीले पाचन यन्त्रमा असर गर्छ ।

६. खानेकुरा त्यतीमात्र खानुपर्छ, जति शरीरलाई आवश्यक छ । मीठो लाग्यो भन्दैमा अनावश्यक खानेकुरा खाएर पेट भारी हुन्छ ।

७. त्यसैले खानेकुरामा पनि नियन्त्रण गर्नुपर्छ । त्यसैले यस्तो खानेकुरा सेवन गरौ, जो सुपाच्य र सन्तुलित होस् । यसले पाचन यन्त्रलाई चुस्त र बलियो राख्छ ।

Topics #खानेकुरा #पाचन क्षमता #बलियो