१. गुलाफका ताजा पातहरूलाई पिँधेर त्यसमा ग्लिसरिन मिसाउनुस् र लिपस्टिकको साटो ओठमा यो लगाउन थाल्नुस् । यसो गर्दा ओठ फाटेको सही हुन्छ र त्यो सुन्दर पनि हुन्छ ।

२. दूधबाट निस्कने मक्खनमा केसर मिसाएर ओठमा लगाउँदा पनि ओठ गुलाफी र नरम हुन्छ ।

३. दिनदिनै बिहानबेलुका बदामको तेल ओठमा लगाउँदा पनि ओठ फुट्न पाउँदैन र नरम रहन्छ ।

४. सर्स्युँको तेलमा बेसारको धूलो मिसाएर बिहानबेलुका ओठ र नाइटोमा दल्नुभयो भने ओठ फुट्न बन्द हुन्छ ।

५. घिउमा अलिकति नून मिसाएर ओठमा दल्ने गर्नुभयो भने पनि फुटेको ओठ सामान्य अवस्थामा फर्कन्छ ।

६. त्यसैले घरबाहिर निस्कँदा नरमपना कायम राख्ने र पोषण दिने बाम अवश्य लगाउनुस् ।

७. शरीरमा पानीको कमी भयो भने पनि ओठ फुट्छ । त्यसैले प्रशस्त पानी पिउने गर्नुस् ।

८. कहिलेकाहीँ रुघा लाग्दा नाक बन्द भएर मुखबाट सास फेर्नुपर्ने हुन्छ । सासको हावा ओठ भएर गुज्रँदा पनि ओठको नरमपन हट्छ र फुट्न थाल्छ । सुत्दाखेरी घुर्ने मानिसलाई पनि यस्तो समस्या हुन्छ ।

९. आइरन र भिटामिन बीको कमी भएमा, एलर्जी र फंगल संक्रमण भएमा अनि रोगप्रतिरोधात्मक क्षमता कमजोर भएमा पनि ओठ फुट्छ ।

१०. ओठ फुट्ने समस्याबाट मुक्ति पाउन यी घरेलु उपाय अपनाउनुस् :

११. बिहानीपख वा राति सुत्दाखेरी नाइटोमा मनतातो सर्स्युँको तेल लगाएमा ओठलाई नरम बनाउन सकिन्छ ।

१२. जाडोमा ओठ फुट्दा दूधको तरमा बेसारको धूलो मिसाएर बिहानबेलुका हातले हलुका मालिश गर्दा पनि ओठ फुट्न पाउँदैन ।

स्वास्थको सहयोगमा 

Topics #जाडोमा ओठको सुरक्षा