शरीरका कतिपय अंगहरू संवेदनशील हुन्छन् । कानको जाली पनि एकदमै संवेदनशील अंग हो ।

न्युरोमा, प्याराग्यांग्लियोमा र मेनिन्जियोगा लगायतका ट्युमरका कारण पनि कानले सुन्न छोड्छ ।

उमेर बढेपछि कानको नसा कमजोर हुन थाल्छ । यसले बहिरोपनको समस्या ल्याउँछ ।

कानमा लामो समयसम्म फोहोर जम्मा भएमा संक्रमण हुन्छ र यसले बहिरो बनाउँछ ।

मधुमेहका कारण न्युरोप्याथीको समस्या भएमा पनि श्रवणशक्ति हराउँछ ।

दिनदिनै तीन वा चार घन्टा ईयरफोनमा चर्को आवाजका साथ संगीत सुन्दा कानको जालीमा हानि पुग्छ । बहिरो पनि हुन सक्छ मानिस ।

कानलाई स्याहार नगर्दा कानमा संक्रमण हुन सक्छ । यसकारण कानको जाली बिग्रन्छ र नसुन्ने समस्या आउन थाल्छ ।

एक सय २५ डेसिबलभन्दा माथिको लाउडस्पीकरलाई लगातार सुन्दा कानको जाली क्षतिग्रस्त हुन्छ । अनि बहिरो हुने सम्भावना बढ्छ ।

स्वास्थको सहयोगमा 

 

Topics #बहिरोपन