फाइबरको कमी हटाउनका लागि आहारमा यी भोज्यपदार्थहरू संलग्न गर्नुपर्छ ।

हरिया सागपात

हरिया सागपातमा फाइबर प्रचूर मात्रामा हुन्छ । दिनदिनै हरिया सागपात खाने गर्नुस् ।

फल

स्याउ र नास्पाती जस्ता फललाई बोक्रैसहित खाँदा शरीरलाई पानीका साथै फाइबर पनि प्रचूर मात्रामा प्राप्त हुन्छ । बिहानै फलको सेवन गर्दा बढी फाइदा हुन्छ ।

फलको रस पनि स्वास्थ्यका लागि राम्रो हुन्छ तर फाइबर धेरै चाहिएमा फल खानु नै राम्रो विकल्प हो ।

ब्राउन राइस

भात खान मन पर्छ भने सेतो चामलको ठाउँमा ब्राउन राइस खान शुरु गर्नुस् । रोटी पनि आँटाकै खानुस्, मैदाको होइन । यसले शरीरमा नोक्सानी हुनबाट बचाउँछ ।

ओटमील

ओटमीलमा भएको बीटा–ग्लुकोनले विशेष प्रकारको फाइबर दिन्छ । यसले शरीरमा फाइबरको कमी हटाउँछ र कोलेस्ट्रोल स्तर पनि नियन्त्रणमा राख्छ अनि शरीरको रोगप्रतिरोधक क्षमता बढाउँछ ।

निरोगी रहनका लागि फाइबरयुक्त खाद्यपदार्थमा जोड दिनुहोस् ।

दाल

दालमा प्रशस्त फाइबर हुन्छ र यसले तपाईंको पाचनप्रणालीलाई दुरुस्त राख्छ । कब्जियतको समस्या पनि हुन पाउँदैन ।

मकै

प्रचूर मात्रामा फाइबर चाहिएमा मकै सेवन गर्न थाल्नुस् । एउटा मकैले चार ग्राम फाइबर दिलाउँछ ।

स्वस्थको सहयोगमा

 

Topics #आहार #फाइबर #भोज्यपदार्थ