जाडोमा हात खुट्टा फुटेर हैरान हुनु भएको छ ? यदि हुनुन्छ भने तलका कुराहरु अपनाउनुस ।

 जाडो मौसम छालाका लागि जोखिमपूर्ण हुन्छ । यो मौसममा छाला सुक्खा हुने, चिलाउने र औंला सुन्निने, फुट्ने आदि समस्या बढी देखा पर्छ ।

 चिसोका कारण रक्तनलीबाट पानी बाहिर आएर जम्मा हुन्छ र औला सुन्निछ ।

 औंला सुन्निदा चिलाउने, पोल्ने तथा चिरा पर्ने हुन्छ । यसलाई चिल ब्लेन भनिन्छ ।

 चिल ब्लेन हुँदा हातलाई चिसो हुन दिनु हुँदैन ।

 जाडो भयो भनेर सिधै आगो (हिटर) ताप्नुभन्दा पनि आगोमाथि पानी राखेर तथा अलि टाढा बसेर आगो ताप्नुपर्छ ।

 हातखुट्टालाई फुट्नबाट जोगाउन चिसो पानी, हावा तथा अनियन्त्रित तापक्रमबाट जोगिनुपर्छ ।

 हट वाटर ब्याग प्रयोग गर्नुपर्छ

Topics #जाडो #हात खुट्टा