भेंडे खुर्सानी लगाएतका खानेकुरा पकाएर खादा, यस्तो बेफाइदा

भेंडे खुर्सानी :

भिटामिन सिको एकदमै राम्रो स्रोत हो । भेंडे खुर्सानीलाई तीन सय ७५ डिग्रीमाथि पकाउँदा यसमा रहेको सबै न्यूटि्रएन्ट्स नष्ट हुन्छ ।

ब्रोकाउली :

ब्रोकाउली भिटामिन सि र क्याल्सियमको राम्रो स्रोत हो । यसमा एक प्रकारको सल्फोराफेन पाइन्छ, जसले रक्तचाप कम गर्छ । साथै मुटुको रोग कम गर्छ ।

तर, जब यसलाई उसिन्छ वा पकाइन्छ, तब त्यसमा रहेको सल्फोराफेन ७० प्रतिशत कम हुन्छ ।

स्याउ:

स्याउ सदाबहार फल हो । सर्बगुणी पनि । यो जुनसुकै अवस्थामा खान मिल्छ । यसमा न्यूटि्रएन्ट्स र मिनरल्स हुन्छ । तर जब स्याउलाई सुखाएर खाइन्छ, त्यो सबै नष्ट हुन्छ ।

अंकुरित गेडागुडी :

स्वास्थ्यका लागि एकदमै लाभदायक मानिन्छ । यसमा भिटामिन सि, फाइबर, कपर, म्याग्निशियम पाइन्छ । तर, जब अंकुरित गेडागुडी उसिनेर वा पकाएर खाइन्छ यसको पौष्टिक तत्व नष्ट हुन्छ ।

नरिवलः

काँचो नरिवलले शरीरलाई हाइड्रेट राख्न सहयोग गर्छ ।सुख्खा नरिवलमा यस्तो गुण पाइदैन ।

स्वास्थको सहयोगमा