– अत्यधिक पानी पिउनुस् । स्वास्थ्यका लागि पानी राम्रो पदार्थ हो ।

– टीभी हेर्दै वा गफ गर्दै खाना नखानुस् ।

– आहारमा फलफूल पनि समावेश गर्नुस् । यसबाट शरीरले आवश्यक न्युट्रिएन्ट पाउँछ ।

– धेरै मसला भएका वा प्याकेटमा राखिएका खानेकुरा नखानुस् । सकेसम्म बाहिरको खाना नखानुस् ।

– दिनमा एकचोटि ग्रीन टी पिउनुस् । यसमा भएको एन्टीअक्सिडेन्टले शरीरलाई लाभ दिन्छ ।

– बिहान उठेर सबभन्दम पहिले मनतातो पानी पिउने बानी बनाउनुस् ।

– व्यायाम गरेपछि स्वस्थ ब्रेकफास्ट लिनुस् जसमा प्रोटीन, कार्बोहाइड्रेट र मिनरलहरू हुन् ।

– लन्चमा सूप पिउनुस् र खाना खानुभन्दा कम्तीमा एक घन्टाअघि र पछि पानी पिउनुस् ।

– सफ्ट ड्रिंकले क्यालोरी बढाउँछ । यसको सेवन नगर्नुस् ।

– बीचबीचमा यसो चना वा काजुबदाम खानुस् । यसले गर्दा कम भोक लाग्छ ।

स्वास्थको सहयोगमा 

 

Topics #शरीरलाई पर्फेक्ट