ल्वाङ :

ल्वाङको गन्ध पनि साङ्लालाई मन पर्दैन । साङ्ला आउने ठाउँमा ल्वाङका कल्लीहरू राख्नुस् । यसबाहेक मट्टीतेल, नीम, पुदीना र कफीले पनि साङ्लालाई भगाइदिन्छन् ।

मट्टीतेल :

मट्टीतेलको प्रयोगले पनि कर्कोच भगाउन सकिन्छ । तर, यो प्रज्वलनशील पदार्थ भएकाले प्रयोगमा निकै सजगता अपनाउनु जरुरी छ ।

रुमलाई ओशमुक्त राख्नुस्  :

ओशिलो स्थान कर्कोचका लागि निकै अनुकुल मानिन्छ । त्यसैले तपाईंले आफ्नो कोठालाई ओशमुक्त राख्नु भयो भने पनि कर्कोचबाट केही हदसम्म मुक्ति मिल्छ ।

तेजपात :

खानाको स्वाद बढाउन प्रयोग हुने तेजपातको गन्ध साङ्लालाई पटक्कै मन पर्दैन । त्यसैले साङ्ला जम्मा हुने ठाउँमा तेजपात पिँधेर राखिदिनुस् । यसो गर्दा साङ्लाहरू भाग्छन् । तेजपातको गन्ध हराएपछि नयाँ तेजपात राख्नुस् ।

बेकिङ पाउडर र चिनी :

एउटा कचौरामा बराबर मात्रामा बेकिङ पाउडर र चिनी मिसाउनुस् । अब त्यसमा पानी हाल्नुस् । त्यसपछि यो मिश्रणलाई साङ्ला भएका ठाउँमा छर्किनुस् । चिनीको मिठासले उनीहरूलाई लोभ्याउँछ अनि बेकिङ पाउडरले मारिदिन्छ ।

 

यस्तै, साङ्ला मार्ने अझ भरपर्दो औषधी हो, ‘बोरिक एसिड’ पाउडर फ्रुटकेक वा पाउरोटीमा अलिकति दूध मिसाएर मिश्रण बनाउने ।

यसको सेवनबाट साङ्लाको कत्लेआम हुन्छ । बोरीक एसिड पाउडर जुनसुकै औसधि पसलमा पाउन सकिन्छ।

स्वास्थको सहयोगमा 

Topics #साङ्लो भगाउने