मुटु सम्म पुग्ने नशाहरु जुन इलेक्ट्रिकल सिस्टममा चलीरहेको हुन्छ यदी यो सीस्टममा अनियमीतता आएमा हुने गडबडीलाई हर्ट ब्लकेज भनिन्छ । यो सिस्टम हर्ट बिट रेट र रिदमले निश्चित गर्छ ।

यस्ता ८ चीज छन्, जसको प्रयोगले हर्ट ब्लकेजको समस्यालाई नियन्त्रण गर्न सकिन्छ ।

कागती पानी

कागतीमा प्रयाप्त मात्रामा एन्टीअक्सीडेन्ट्स पाईन्छ । यसले शरीरबाट खराब कोलेस्ट्रोललाई निकाल्न मद्दत गर्छ । यसबाट हर्ट ब्लकेजको आशंका कम हुन्छ ।

दही

नियमित आफ्नो आहारमा दही समावेश गर्नुहोस् । यसले शरीरमा कोलेस्ट्रोल कम गर्छ । यसबाट हर्ट ब्लोकेजको आशंका कम हुन्छ ।

मासको दाल

राती मासको दाल ४(५ चम्मच पानीमा भिजाएर राख्नुहोस् । बिहान यसलाई पिसेर दूधमा मिलाएर पिउनुहोस् । यसमा चीनी पनि मिलाउन सकिन्छ ।

बदाम र कालो मरिच

३ वटा बदाम र ४ वटा कालो मरिच पिसेर पाउडर बने त्यसमा थोरै तुलसीको पाउडर मिलाएर नियमित पानीको साथमा पिउनुहोस् ।

गाँजर र मह

गाजरको जूसमा हप्तामा दुई तीन पटक मह मिलाएर पिउँदा यसले कोलेस्ट्रोल कम गर्नुको साथै हर्ट ब्लकेजको समस्या कम गर्छ ।

लौका

लौकालाई उमाल्नुहोस् । अब यसमा जीरा, बेसार र हरियो धनियाँ मिक्स गरेर खानुहोस् । यसलाई हप्तामा ३(४ पटक सेवन गर्नुहोस् ।

दूध र अमला

दिनहुँ एक गिलास दूधमा आधा चम्मच अमला पाउडर घोलेर पिउनुहोस् । यसको सेवनले हर्ट ब्लकेज हुनसक्ने आशंका कम हुन्छ ।

लसुन

दिनहुँ बिहान खाली पेट लसुनको एक(दुई पोटी निल्नुहोस् । यसमा पाईने एन्टीअक्सीडेन्ट्सले कोलेस्ट्रोल कम गर्छ र हर्ट ब्लकेजको आशंका कम गर्छ ।

स्वास्थको सहयोगमा 

 

 

Topics #हर्ट ब्लकेज