पुरुषहरूमा कपाल झर्ने समस्याको घरेलु उपचार, यस्ता छन्

मरिच

एक गिलास दहीमा दुई र तीन चम्चा कालो मरिचको धूलो राखी पेस्ट बनाएर कपालमा लगाउँदा कपालको झर्ने दर कम हुन्छ । यसरी लगाएको केही मिनेटपछि स्याम्पू लगाई नरम तरिकाले पखाल्नु पर्छ ।

नरिवलको पानी

नरिवलको पानीमा प्रशस्त मात्रामा भिटामिन र पौष्टिक तत्व हुन्छन् । यसले कपाल पलाउनलाई सहयोग गर्छ । यसले कपालको जरालाई स्वस्थ र मजबुत पनि बनाउँछ ।

नरिवलको तेल वा नरिवल  पानी दुवैलाई तालुमा लगाउन सक्नुहुन्छ । साथै नरिवलको पानी दिनहुँ पिउँदा कपाल र शरीर दुवै स्वस्थ हुन्छ ।

तालुको मसाज

पुरुषको कपाल झर्नबाट रोक्नका लागि तालुको भागलाई मसाज गर्दा राम्रो हुन्छ । तालुको भागमा राम्रोसँग रक्तसञ्चारका लागि यसको मसाज गर्नुपर्छ । रगतले कपालका जरालाई चाहिने अक्सिजन बोकेको हुन्छ ।

यसले कपाललाई उमार्न र हुर्काउन मद्दत गर्छ । तसर्थ, नियमित रुपमा तालुको मसाज गर्दा रक्तसञ्चारमा सुधार आउँछ ।

अण्डा

अण्डामा प्रशस्त मात्रामा प्रोटिन पाइन्छ । जसले कपाललाई बाक्लो र बलियो बनाउन मद्दत गर्छ । एउटा अण्डालाई मज्जाले फिटेर पेस्ट बनाई नियमित रुपमा कपाल र तालुमा लगाएर केही मिनेटसम्म त्यत्तिकै राख्नुपर्छ ।

त्यसपछि पखाल्नु पर्छ । यसले कपाललाई बाक्लो र चम्किलो बनाउने काम गर्छ ।

स्वास्थको सहयोगमा