पेटको रोग निको गर्छः

केराको फुल खानामा हल्का हुन्छ र पेटमा कम लोड पर्छ । यदि पेट फूलेको छ वा पेट दुखेको छ वा एसिडिटि छ भने यी सबै समस्या केराको फुल खाँदा समाधान गर्छ ।

मासिक धर्म नियमितः

यो खाँदा मासिक धर्म नियमित हुन्छ । आयुर्बेद अनुसार एक कप केराको फूल पकाएर दहीसँग खानाले शरिरमा प्रोजिस्ट्रान तह बढ्छ र अत्यधिक मात्रामा हुने ब्लिडिङ कम गर्छ ।

एनिमियाबाट बचाउँछः

यसमा धेरै मात्रामा आइरन हुन्छ जसले गर्दा रगतमा हेमोग्लोबिन बढाउने काम गर्छ । स्तनपान गराउने आमालाई उपयुक्तः आयुर्बेद अनुसार स्तनपान गराउने आमाले धेरै मात्रामा केराको फूल खाँदा दुध बढाउँछ ।

ब्याक्टेरियाबाट बचाउँछः

यो प्याथोजेनिक व्याक्टेरियाबाट शरिरलाई बचाउँछ ।

मधुमेय रोगीको लागि फाइदाः

एउटा अध्ययन अनुसार डायबिटिज लागेका मानिसको इन्सुलिन तह केराको फूलबाट घटाउन सकिन्छ ।

डिप्रेसन कम गर्छ :

यस फुलमा धेरै मात्रामा म्याग्नेसियम पाइन्छ । तसर्थ यसले तपाईको मुड बदली चिन्ताको तह न्यून गर्छ ।

फ्रि रेडिकलसँग लड्न एन्टि अक्सिडियन्ट प्रदान गर्छ :

फ्रि रेडिकल हाम्रो स्वस्थ कोषमा बसेर कोषलाई हानी गर्छ जसले गर्दा मुटुको समस्या, क्यान्सर तथा चाडै बुढयौली पन देखिन्छ । यी फूलहरुमा एन्टि अक्सिडियन्ट पाइन्छ जुन फ्रि रेडिकलसँग लड्न सहयोग गर्छ  ।

स्वास्थको सहयोगमा

Topics #केराको फूल #रोग भगाउन