आवश्यक सामग्री

दूध १०० मिलिलिटर (क्यानको मात्र)

क्रिम ५० मिलिलिटर

आफूलाई मनपर्ने फलफूल ५० ग्राम

९केरा

आँप

चकलेट

स्ट्रबेरी

बनाउने तरिका

फलफूल राम्रोसँग सफा गरेर मिक्स्चरमा राखेर पिस्ने । तर, चकलेट, स्ट्रबेरी, वेनिलसलगायत राखेर बनाउने हो भने पिस्नुपर्दैन । यो सामग्री तयार पारिसकेपछि क्रिमलाई एउटा सानो बउलमा राखेर राम्रोसँग चलाउने ।

क्रिम बाक्लो नहुँदासम्म घोलिराख्नुपर्छ । यसपछि दूध, चिनी अनि तयार पारिएको फलफूलको पेस्ट पनि राखेर राम्रोसँग चलाउने । मज्जाले घुलिसकेपछि एउटा बउलमा राख्ने । बिर्को भएको बउल भए अझ राम्रो हुन्छ ।

नभए प्लेट या केहीले ढाकेर फ्रिजमा राख्ने । ५–६ घन्टा फ्रिजमा राखेपछि आइसक्रिम तयार हुन्छ ।

स्वास्थको सहयोगमा 

 

Topics #आइसक्रिम बनाउने तरिका