काँचो केरामा पाइने फाइबर र अन्य केही पोषक तत्वले भोक नियन्त्रण गर्ने काम गर्छ । काँचो केरा खानाले समयमा भोक नलाग्ने हुन्छ । मधुमेहका रोगीले काँचो केरा खान सुरु गर्नुहोस् ।

यो रोग नियन्त्रण गर्ने अचुक औषधि हो । काँचो केराको नियमित सेवन गर्नाले पाचन क्रियामा सुधार आउँछ । यसबाहेक काँचो केरा धेरै प्रकारका क्यान्सरबाट बचाउँनमा पनि सहायक भूमिका खेल्छ ।

त्यस्तै, काँचो केरामा पाइने क्याल्सियमले बलियो हड्डी बनाउँनमा पनि सहायक भूमिका खेल्छ । पाकेको केराको बारेमा धेरै कुरा थाहा पाउन सक्छ । तर काँचो केराको बारेमा केहि कुरा हामीलाई थाहा नहुन सक्छ ।

काँचो केरामा फाइबर र हेल्ची स्टार्च नामक तत्व हुन्छन्, जसले आन्द्रामा कुनै पनि प्रकारका अशद्धि उत्पन्न हुन दिँदैन । तपाईलाई कब्ज्यितको समस्या छ भने काँचो केरा फाइदाजन साबित हुन्छ ।

स्वास्थको सहयोगमा

 

Topics #काँचो केराका फाइदा