केही यस्ता खानेकुरा, जसलाई सँगसँगै खानुहुँदैन

१. दूधसँगै कहिले पनि कागती वा अमिलो सुन्तला खानुहुँदैन । यदि सँगै खाइयो भने यसले एसिडिटी (ग्यास्ट्रिक) बढाउन सक्छ ।

२. चिसो पेयपदार्थ पिउनासाथ पुदीना सेवन गर्नु हुँदैन ।

३. चिकेनसँगै जुस वा मिठाई खानु हुँदैन, किनकी यसले पेटसम्बन्धी बिरामी निम्त्याउन सक्छ ।

४. फलफूलसँगै कहिले पनि स्टार्चयुक्त खानेकुरा खानुहुँदैन किनकी फलफूल छिट्टै पचाउन सकिन्छ, तर स्टार्चयुक्त खानेकुरा जस्तै भात वा आलुलाई पचाउन समय लाग्दछ । यसकारण यी दुवैलाई सँगै खानुहुँदैन ।

स्वस्थको  सहयोगमा